वयलगाडाको पाराले वायुपंखे नारा सार्थक हुंदैन: कांग्रेस प्रवक्ता

Bishwo_P_Sharma
दाङ, जेठ १९ । नेपाली कांग्रेसका प्रवक्ता एवं युवा नेता विश्व प्रकाश शर्माले वर्तमान सरकारले ल्याएको बजेट यथार्थपरक भन्दा पनि बढि महत्वाकांक्षी भएको बताए । प्रेस युनियन दाङले शनिवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले वर्तमान सरकारले ल्याएको बजेटले निजी क्षेत्रलाई समेट्न नसकेको बताए । ‘वर्तमान सरकारको अवस्था वायुपंखि घोडाको नारा, वयलगाडाको पारा जस्तै छ’ प्रवक्ता शर्माले भने, ‘निजी क्षेत्रलाइ बजेटले समेट्न सकेको छैन । ’ साथै प्रवक्ता शर्माले वर्तमान सरकारले ल्याएको बजेटमा करको दर बढाइएको भन्दै दायरा नबढाएसम्म बजेटको लक्ष पुरा हुन कठिन भएको पनि बताए ।
‘करको दर बढाउने होइन, यसले नागरीकलाइ व्ययभार थप्छ, त्यसैले दर भन्दा दायरा बढाउनु उपयुक्त हुने थियो, शर्माले भने ।
त्यसै अवसरमा प्रवक्ता शर्माले अहिले वामपन्थीहरुको दुइतिहाइ वहुमतको सरकार गठन भएकाले कांग्रेसले सरकारका सकारात्मक कामको समर्थन गर्ने र सरकारको कमजोरी औल्याएर सहयोग गर्ने भद्र प्रतिपक्षीको भुमिका निर्वाह गर्ने रणनिति अपनाएको पनि बताए । कांग्रेस लगातार नहार्ने र लगातार नजित्ने पार्टी भएको भन्दै पार्टीमा देखिएको गुटवन्दी र वामपन्थी एकताका कारण कांग्रेसले निर्वाचनमा पराजय भोगेको बताउंदै बताए ।
‘कांग्रेसले नेतृत्व गरेको सरकारलाइ जति चुनौतिहरु थिए, अहिले ओलि नेतृत्वको सरकारलाइ छैन, यो अवस्थामा पनि वर्तमान सरकारले आर्थिक बृद्धिदरलाइ ८ अंकमा पु¥याउन सकेन भने, त्यो सवैभन्दा दुर्भाग्य हुने छ’—नेता शर्माले बताए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter