कृषिमन्त्रीले भने – जग्गा दलालको कब्जामा

krishi mantri

बुटवल, जेठ २३ । संघीय सरकारका कृषि मन्त्री चक्रपाणी खनाल बलदेबले नेपालको जग्गाजति दलालको हातमा रहको खुलासा गरेका छन् ।
देशभरका जग्गाहरु न ब्यक्ति न त सरकारको भन्दै उनले दलालको मनपरिले जमिन ध्वस्त भएको दाबि गरे ।
रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले कृषियोग्य जमिन बचाउन नया कार्ययोजना र नीति बनाउन लागेको उल्लेख गरे ।
भुमिसम्बन्धि नीति, ऐन भुउपयोग नीती लगायतका नीतिहरु बनाएर कृषियोग्य भूमि बचाउन ठोस कदम चालिने उनले बताए ।
मैले जग्गाको २५ प्रकारको बर्गिकरण गरेको छु , नीति बाहिरको अंशबण्डा रोक्ने मेरो पहल छ उनले सुनाए ।
कृषिको लागी हरियो लालपूर्जा बनेको बताउँदै कृषिको लालपूर्जाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको लागी समेत सहुलियतको ब्यवस्था गरिने उल्लेख गरे ।
अंशबण्डाको नाममा कित्ताकाट रोक्ने बताउँदै मन्त्री खनालले नीति बाहिरको अंशबण्डा रोक्नको लागी पहल गर्ने बताए ।
नेपालमा १ लाख २१ हजारको संख्यामा मोहीहरु रहेको बताउदै उनले देशमा रहेका मोहीहरु हटाउने दाबि गरे ।
कार्यक्रममा बोल्दै मन्त्री खनालले अहिलेको सराकारबाट जनताको अपेक्षा अनुसारको गति नआएको बताउँदै केही योजनाहरु बन्दै गरेको बताए ।
नेपालमा हरेक स्थानमा सिण्डीकेट रहेको बताउँदै त्यसको अन्त्यको लागी सरकार लागी पर्ने बताए ।
कृषिमा पनि रहेको सिण्डिकेट हटाउने उनले दाबि गरे ।
कृषिको लागी आवश्यक मल, किटनासक बिसादी लगायतका कुराहरु सिण्डीकेटकै सञ्जालभित्र रहेको बताए । उनले भने –‘मालपोत, नापी, वकिल देखि अदालतसम्म जोडिएको दलालको गिरोहको संजाल छ । ’
जग्गा दलालको गिरोहले गर्दा रुपन्देहीमा यहि दरमा जग्गाको कारोबार गरेमा अबको १० भित्र सबै बस्तुहरु किनेर खानुपर्ने बताए ।
यो समस्या रुपन्देही, कपिलबस्तु, नवलपरासी लगायतका क्षेत्रहरुमा समस्याले ठुलो रुप लिएको बताए ।
‘यसअघि पनि हजारौं पटक अनुगमन भए,तर यस्को कुनै अर्थ देखिएन, उनले भने आबश्यक नीति बनाएर अघि बढ्न जरुरी छ । ’
बहुमतको सरकार चल्ने तरिका अझै शुरु नभएको बताउँदै सरकार अझै कठोर भएर अगाडि बढ्ने बताए । उनले प्रत्यक्ष कार्यकारी राष्टपतिको एजेन्डा अगाडि बढाउने बताए ।
‘हामीले हिजो उठाउदै आएको प्रत्यक्ष कार्यकारी राष्टपतिको एजेन्डा अगाडि बढाउने बढाउछौं,यो आबश्यक छ देशले खोजिरहेको छ ’ उनले भने ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter