राजनीतिक स्थिरतासँगै समृद्धि – उपप्रधानमन्त्री यादव

upendra yadav

पोखरा, जेठ २६ गते । संघीय समाजवादी फोरम पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा राजनीतिक स्थिरतासँगै राष्ट्रलाई समृद्धितर्फ अघि बढाउने बताउनुभएको छ ।

संघीय प्रेस फोरम कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले गरिबी निवारणका लागि कृषिको आधुनिकीकरण, पर्यटन, जलस्रोतको उपयोगका साथै उद्योगधन्दाको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

संविधान निर्माणका क्रममा भएका त्रुटिलाई संशोधनको माध्यमबाट सुधार गर्दै अगाडि बढ्ने उद्देश्यका साथ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सँग भएको दुईबुँदे सहमतिका आधारमा संघीय समाजवादी फोरम सरकारमा सामेल भएको उहाँले बताउनुभयो ।

संघीय समाजवादी फोरमको सहभागितासँगै दुई तिहाइभन्दा बढी बहुमतको सरकार बनेको बताउँदै उहाँले भन्नुभयो ‘‘कानून बनाएर प्रदेशलाई अधिकार सम्पन्न बनाउन अपरिहार्य छ ।’’

पहिचान, समावेशीता, स्वायतत्ता, सुशासनलगायतका जनताका आधारभूत आवश्यकताका रुपमा रहेका शिक्षा, स्वास्थ्य, आवास, खानेपानीलगायतका आवश्यकतालाई पूरा गराउन आफू सक्रियपूर्वक लाग्ने उहाँले बताउनुभयो ।

मुलुकमा रहेको ठूलो आर्थिक व्यापार घाटा, गरिबी र बेरोजगार ढिलासुस्तीजस्ता विकृतिको अन्त्य गरी मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाइने बताउँदै उहाँले स्वास्थ्य बीमालाई समिति गठन गरेर व्यवस्थित गरिने जानकारी दिनुभयो । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter