तुलसीपुर अमेलिया सडकखण्डको यात्रा जोखिमपूर्ण

map of dang
तुलसीपुर, दाङ, असार १७ गते । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर अमेलिया सडकखण्डमा ठाउँठाउँमा परेका खाल्डाखुल्डी र भत्किएका नाला समयमा मर्मत नगराउँदा यात्रु जोखिम पूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

गत वर्ष आएको बाढी तथा अविरल वर्षाले सो सडकखण्डमा क्षति पुर्‌याए पनि सम्बन्धित निकायले समयमा सडक मर्मतमा कुनै चासो नदिएपछि यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

रुकुम, सल्यान र तुलसीपुर, अमेलिया हँुदै नेपालगञ्ज, सुर्खेतलगायत पश्चिम नेपालका विभिन्न ठाउँ जानका लागि सो सडकखण्डमा दैनिक २०० बढी यातायातका सवारीसाधन सञ्चालन हुने गरेका छन् ।

गत साल साउन महिनामा परेको अविर वर्षासँगै खसेको पहिरोका कारण सो सडकखण्ड उच्च जोखिम तथा जीर्ण अवस्थामा रहे पनि मर्मतका लागि सडक डिभिजन कार्यालय दाङले समयमा ध्यान नदिँदा यस पटक अझै जोखिम मोल्नुपर्ने बाध्यता रहेको बखरियाका स्थानीय पत्रकार देवीराम कुसारीले बताउनुभयो ।

यसपटक जिल्लामा अझै वर्षा नै भएको छैन अहिले नै सो सडकखण्डमा पहिरो खस्ने, ठाउँठाउँमा नाला भत्किनु र सडकमा ठूला खाल्डाखुल्डी रहेका छन् यसले गर्दा गाडी चलाउन समस्या हुने गरेको छ, सो बाटोमा गाडी चलाउँदै आएका चालक रमेश बस्नेतले बताउनुभयो ।

यसैबीच सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्रीप्रसाद शर्माले अमिलिया सडक विस्तार गर्न टेण्डर भइसकेको बताउनुभएको छ ।

उहाँले अहिले वर्षात्को समयमा नयाँ बाटो विस्तार गर्दा झन समस्या पैदा हुने भन्दै तत्कालका लागि मर्मत गर्न आफूले निर्माण कम्पनीलाई निर्देशन दिइसकेको बताउनुभयो ।
तुलसीपुरदेखि झण्डै २६ किलोमिटरको दूरीमा रहेको अमेलिया नाका क्षेत्रसमेत हो । तुलसीपुर, घोराही तथा लमही सडकखण्डमा पर्ने खोलामा वर्षाको समयमा बाढी आएपछि ती सडक अवरुद्ध हुँदा पनि वैकल्पिक रुपमा तुलसीपुर अमेलिया सडक प्रयोग गरिन्छ । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter