बन्न सकेन जल ऐन

nepal-river

ललितपुर, असार १८ गते । नदीबाट हुने प्रकोपका कारण वर्षेनी धेरैको मृत्यु भए पनि अहिलेसम्म जल ऐन बन्न सकेको छैन ।

ऐन नहुँदा नदीको कति दूरीमा बस्ती हुने भन्ने व्यवस्था हुन नसकेको जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप थापा बताउनुहुन्छ । विभागले गत वर्ष ऐनको मस्यौदा बनाएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पठाएको थियो । मस्यौदा अर्थमन्त्रालय, कानून मन्त्रालय र गृहमन्त्रालय हुँदै कहिले कहाँ कहिले कहाँ पुगिरहेको छ । खोलाको धेरै नजिक बस्ती नभए त्यसबाट मानवीय र भौतिक क्षति कम हुनेछ । उहाँ भन्नुहुन्छ, “सडकबाट यति दूरीमा घर बनाउने भने जस्तै नदीको पनि यति दूरीमा मात्रै घर बनाउन पाइने भन्ने ऐनले प्रष्ट गर्नेछ ।” यसले गर्दा स्थानीयवासी र सरकार दुवैलाई काम गर्न सहज हुनेछ ।

ऐन नहुँदा नदी र त्यस आसपासका क्षेत्रमा मानवीय अतिक्रमण बढेको छ । नदीबाट बालुवा झिक्दा कतिपय स्थानमा खोला र खेतको तह बराबरी बनेको छ । पडाडी क्षेत्रमा रुख–बिरुवाको विनाश बढ्दा पहिरो जाने क्रम बढिरहेको छ । स्थानीय निकायले जथाभावी बाटो खन्दा पहिरोको जोखिम बढेको छ । उहाँ भन्नुहुन्छ, “तर स्पष्ट कानून नहुँदा नियमन हुन सकेको छैन ।”

वर्षेनी वर्षाको समयमा जल उत्पन्न प्रकोपका कारण धेरै जनधनको क्षति हुने गरेको छ । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter