सडक विस्तारको वातावरणीय प्रभाव मूल्याङ्कन गरिँदै

Bhaktapur_Road

 

भक्तपुर, असार २० गते । सूर्यविनायक–धुलिखेल सडकखण्डको स्तरोन्नति तथा विस्तार कार्यको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अन्तिम चरणमा पुगेको छ ।

भक्तपुर नगरपालिकाले उक्त सडकखण्डको इआइएका बारेमा छलफल गर्न मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा अन्तक्रिया कार्यक्रममा नगर उपप्रमुख रजनी जोशीले सडक विस्तार र स्तरोन्नतिका क्रममा ढल निकास र खानेपानीको पाइपलाइन व्यवस्थित गर्न पहल भइरहेको बताउनुभयो ।

सडक विस्तारबारे सुझाव संकलनसमेत भइरहेको छ । भक्तपुर नगरलाई पैदलमैत्री नगर बनाउने तथा साइकलन लेनसहितको पदमार्ग बनाउने योजना अगाडि बढाएको उहाँले बताउनुभयो ।

भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष एवं निर्माण समितिका संयोजक उकेश कवाँले सडक विस्तार गर्न सडक मापदण्डको संरचना र पुराना घरको मुआब्जाको समस्या आएको बताउनुभयो । सरकारले ऋण सहयोगमा विस्तार गर्न लागेको उक्त सडक १४.९१ किलोमिटर लामो छ । साँगामा १.३ किलोमिटर सुरुङ मार्ग निर्माण गरिनेछ ।

सडक चार लेनको बनाइने छ । साँगामा सुरुङ निर्माणका साथै पुल, कलभर्ट, चौबाटोको सुधार, भिरालो सतहलाई स्थिर राख्न रिटेनिङ पर्खाल, वटुवाका लागि आकाशे पुल तथा केही स्थानमा थप जग्गा अधिग्रहण गरिने संयोजक कवाँले बताउनुभयो । वायु तथा ध्वनि प्रदूषण कम गर्ने आधुनिक उपकरणको प्रयोग गर्ने, नियमित पानी छर्किने, सुरुङ निर्माणस्थलबाट निस्कने धमिलो पानी प्रशोधन गरेरमात्र निष्काशन गरिने र खोलाको पानीको गुणस्तर नियमितरुपले मापन गरिने योजना छ ।

भूमिगत पानीको सतह र प्राकृतिक पानीको मूल घट्न सक्ने भएकाले सुरुङ निर्माण गर्नुभन्दा पहिले ग्राउण्ड ट्रिटमेण्ट गरिने, सुरुङ उत्खननपछि कङ्क्रिट लाइनिङ तथा सिलिङ गरिने, कृषियोग्य माटो संकलन गरी पूर्ण प्रयोगमा ल्याउने प्रस्ताव गरिएको उहाँले बताउनुभयो । सूर्यमोड सामुदायिक वनको सडक छेउको करीब १० रोपनी क्षेत्र आयोजनाले प्रयोग गर्ने, सूर्यमोड सामुदायिक वनका १६३ वटा रुख सो क्षेत्रबाट काट्नुपर्ने र सडक क्षेत्रका ७१९ रुख कटान गरिने बताइएको छ । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter