मूल्यसूची, बिलविजक राख्न व्यवसायीलाई निर्देशन

department of supply managment and protection of consumer

काठमाडौँ, असार २१ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवको असार मसान्तसम्ममा एक हजार ९१५ वटा व्यापारिक फर्मको अनुगमन गरेको छ ।

विभागले जिल्ला प्रशासन कार्यालय, सरोकार पक्षको समन्वयमा काठमाडौँ उपत्यकाभित्र प्रत्यक्षरुपमा अनुगमन गरेको छ भने उपत्यका बाहिर स्थानीय तहका प्रतिनिधि, प्रहरी प्रशासनलगायतको सहयोगमा अनुगमन गरेको छ ।

यस आवभित्र पाँच हजार ४०० व्यापारिक फर्मको अनुगमनको लक्ष्य राखेको प्रवक्ता ढुण्डीराज पोखरेलले जानकारी दिनुभयो ।

बजार अनुगमनका क्रममा मूल्यसूची, बिलविजक, खरिद बिल राख्न व्यवसायीलाई निर्देशन दिइएको छ । नियम विपरीत व्यवसाय सञ्चालन गरेका ८० वटा फर्मलाई व्यवसाय बन्द गराइएको छ । २९ वटा फर्मको कारोबार रोक्का गरिएको छ । अनुगमनमा कतिपय व्यवसायीले भुलबस भ्याट वा प्यानमा दर्ता नभई राजश्व ठगी गर्ने गरेको पाइएको छ ।

उनीहरुलाई सम्झाई बुझाई कानूनी प्रक्रिया पूरा गर्न निर्देशन दिइएको विभागले जनाएको छ । आव २०७३÷७४ मा चार हजार ७०५ व्यापारिक फर्म अनुगमन गरिएकोमा नियम विपरीत सञ्चालित १०९ वटा फर्म बन्द गराइएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter