बाढी नियन्त्रणमा प्रभावकारी “प्रकोपाइन” प्रविधि

Porcupine-works-in-Jalad-River

विराटनगर, असार २३ गते । मोरङ जिल्ला भएर बग्ने विभिन्न नदीमा आउने बाढीबाट जमीनको कटान रोक्नका लागि ‘प्रकोपाइन’ प्रविधि उपयोगी भएको छ ।
जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय विराटनगरले कटान नियन्त्रणका लागि अपनाइने यो प्रविधि मोरङमा प्रभावकारी बन्दै गएको छ । बाँस, बाँसको कर्च, र घाँस, पराल, भुुसको प्रयोग गरेर अस्थायी रुपमा प्रकोपाइन प्रविधि अपनाई तटबन्ध निर्माण गर्दा बाढी आउँदा जमीन कटान रोकिएको छ ।

उपभोक्ताको सहयोगमा निर्माण गरिएको यो प्रविधिमार्फत तटबन्ध निर्माण पश्चात् गाउँघरका उब्जनी हुने खेताबारी संरक्षण भई किसान सकुम्वासी हुनबाट जोगिएका छन् ।

मोरङको बक्राहा , चिसांङ, लोहन्द्रा, केशलिया तथा सिंगिया खोलामा पकोपाइन प्रविधिसंँगै तारजाली गरेर तटबन्धको कामलाई समेत तीव्रता दिएको छ । पूर्वी मोरङको बक्राहा खोलामा तारजालीसहित प्रकोपाइन विधि अपनाएपछि कटान रोकिएको डिभिजन कार्यालय प्रमुुख डा देवनारायण साहाले बताउनुभयो ।

रंगेली, सुनवर्सी, रतुवामाई नगरपालिका तथा लेटाङ गाउँपालिकाका विभिन्न खोलामा यो विधि अपनाएर तटबन्ध निर्माण गरिएको छ । बक्राहा खोलामा यो प्रविधि अपनाएर चार किलोमिटर भन्दा बढी क्षेत्रमा तटबन्ध निर्माण पश्चात खोलामा बाढी आउँदासमेत पानीको बहाव नियन्त्रण हुँुदा जोखिम कम भएको डा साहको भनाइ छ ।

यो प्रविधि अपनाएपछि यस पटकको बाढी आउँदा कटान रोकिएको सुनवर्सी नगरपालिकाका राकेश मण्डलले बताउनुभयो । दीर्घकालीन तटबन्धनका लागि पर्याप्त बजेट नभएपछि स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट सस्तो र सहज हुुने यो विधि यस क्षेत्रमा प्रभावकारी बनेको हो ।
थोरै बजेटले सबैतिर तटबन्ध निर्माण समस्या उत्पन्न भएकाले कटान रोक्न र जोखिम हुन नदिन स्थानीय सामग्रीको प्रयोग गरी उपभोक्ताको सहयोगमा यो विधि अपनाएर तटबन्ध गरिएको कार्यालय प्रमुुख डा साहको भनाइ छ ।

बाँस, बाँसको कर्ची र घाँस, पराल, भुसको प्रयोगबाट बाँसलाई दुम्सिको काँडाको आकारमा बनाई कटान हुने ठाउँमा तटबन्ध निर्माण गरिने गरिएको छ । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter