सरकारलाई अधिनायकवाद भन्नु गलत – सचेतक गुरुङ

Dev-Gurung

भक्तपुर, असार २६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले सरकारले आफ्नो अधिकार प्रयोग गर्दा सरकारलाई अधिनायकवाद भन्नु गलत भएको बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जनताको विरोध गर्ने अधिकार मौलिक हक भएपनि विरोध गर्ने निश्चित स्थान तोक्नु सरकारको अधिकार भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– “विरोध नै गर्न नपाइने गरी निषेध गरिएको होइन, विरोध गर्ने निश्चित स्थान तोकिएको हो, लोकतान्त्रिक पद्धतिअनुसार सरकारले आफ्नो अधिकार प्रयोग गर्दा अधिनायकवाद भन्नु गलत हो ।”

उपकुलपति कुलप्रसाद कोइरालाको भ्रमण सरकारको स्वीकृतिबिना नै भएकाले रोकिएको बताउँदै उहाँले भन्नुभयो– “कोइराला विधिअनुसार नचलेकाले यस्तो अवस्था आएको हो, कोइरालाले देशको कानून भन्दा बाहिर गएर काम गर्न खोजेको पाइयोे, सरकारसँग स्वीकृति नै नलिइ विदेश भ्रमणमा जान लागेकाले रोकिएको हो ।”

चिकित्सा विधेयककाबारे जुम्लामा अनशनरत गोविन्द केसीको जायज माग जनाताको सर्वोच्च निकाय संसद्ले सम्बोधन गर्ने बताउँदै उहाँले सबै माग हुबहु सम्बोधन भने नहुने बताउनुभयो ।

सरकार केसीको स्वास्थ्य अवस्थाप्रति गम्भिर रहेको चर्चा गर्दै गुरुङले केसीको उपचार काठमाडौँं ल्याएर गर्न सरकारले प्रयास गर्दा केसीले आउन नमानेको बताउनुभयो ।

पेट्रोलियम पदार्थमा नेपालको पहुँच नहुनु र छिमेकी देशसँग आत्मनिर्भर हुनुपर्ने बाध्यता रहेकाले नेपालको बजारमा हुने मूल्य वृद्धि नियन्त्रण गर्न कठिनाइ भएको उहाँको भनाइ थियो । भारतबाट मात्रै नभइ चीनबाट पनि इन्धन खरिदको प्रक्रिया अघि बढाउन सरकारले प्रयास गरिरहेको उहाँको भनाइ थियो । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter