सार्क हस्तकला केन्द्र निर्माण हुने

saarc logo SAARC

काठमाडौँ, साउन २ गते । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकको हस्तकलाको प्रवद्र्धन एवं विकासका लागि सार्क हस्तकला विकास केन्द्र निर्माण हुने भएको छ ।

उद्योग परिसर त्रिपुरेश्वरमा नेपाल सरकारको रु २७ करोड लगानीमा बन्न लागेको केन्द्रको आगामी साउन ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपालको हस्तकलालाई सार्क क्षेत्रसम्म विकास गर्नका लागि सार्क हस्तकला केन्द्र स्थापना गर्न लागेको जानकारी दिनुभयो । तीन वर्षमा निर्माण सम्पन्न हुने केन्द्र पाँचतले हुनेछ ।

दुई आर्थिक वर्षसम्म रकम विनियोजन भए पनि निर्माण कार्य अगाडि नबढेको केन्द्र निर्माणका लागि चालु आर्थिक वर्षमा सरकारले रु पाँच करोड विनियोजन गरेको छ ।

नयाँ बन्न लागेको हस्तकला केन्द्रमा हस्तकला परीक्षण प्रयोगशाला, हस्तकला प्रदर्शन कक्ष, हस्तकला डिजाइन सेन्टर र तालीम केन्द्र रहनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter