पर्यटकीय क्षेत्र बेदकोटमा भ्यूटावर निर्माणको कार्य अन्तिम चरणमा

Map of Kanchanpur Districtकञ्चनपुर, साउन ७ गते । आन्तरिक र बाह्य पर्यटकको प्रमुख गन्तव्यका रुपमा रहेको कञ्चनपुरको प्राकृतिक बेतकोट ताल क्षेत्रमा भ्यूटावर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ठेक्का प्रक्रियाद्वारा रु ७५ लाखको लागतमा दृश्यावलोकनका लागि छ तल्ले टावर निर्माणको कार्य भइरहेको छ । पाँच तले भ्यूटावर निर्माणका लागि नगरपालिकाले कूल लागतको ३० प्रतिशत र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७० प्रतिशत रकम व्यहोर्ने गरी रु ६० लाखमा भ्यूटावर निर्माणको कार्यलाई अगाडि बढाएको हो ।

नगरपालिकाको नगर सभाले एक तला थप बनाउनका लागि स्वीकृति प्रदान गरेपछि टावर निर्माणाको लागत रु ७५ लाख पुगेको छ । थप रु १५ लाख नगरपालिकाले व्यहोर्ने गरी टावर निर्माणको कार्य भइरहेको नगर प्रमुख अशोककुमार चन्दले बताउनुभयो ।

निर्माणको कार्य दु्रत गतिमा अगाडि बढेकाले एक साताभित्रै टावर निर्माणको सबै कार्य पूरा हुने उहाँले बताउनुभयो । टावर निर्माणपछि ताल क्षेत्रको दृश्यावलोकनसँगै तराई क्षेत्रको मनोरम दृश्य नियाल्न सकिने भएको छ ।

बेदकोट धार्मिक क्षेत्र जिल्ला सदरमुकाम महेन्द्रनगरबाट २२ किलोमिटर टाढा रहेको छ । यो क्षेत्र आन्तरिक पर्यटकका लागि वनभोग स्थलका रुपमा र बाह्य पर्यटकका लागि तराईको मनोरम दृष्य नियाल्नका लागि प्रख्यात रहेको छ ।

बेदकोट क्षेत्र बाह्य कोलाहलबाट टाढा रहेकाले एकान्तमा रम्न चाहनेका लागि गतिलो गन्तव्यका रुपमा रहेको छ । परापूर्वकालमा बनवासका क्रममा पाण्डवले यस क्षेत्रमा आएर बेदधुनि जगाएकाले यस क्षेत्रको नाम बेदकोट रहन गएको जनश्रुति रहेको छ ।

यो क्षेत्र प्राचीनकालमा ऋषिमुनिको तपोभूमिका रुपमा समेत परिचित रहेको छ । भ्यूटावरसँगै नगरपालिकाले बेदकोट तालको संरक्षणका लागि पर्खाल निर्माण, प्रवेशद्वार निर्माण, शौचालय, पिकनिकस्थलको सुधार र पर्यटकलाई जानकारी दिन सूचना केन्द्र भवन बनाइएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter