सरकार र डा. केसी पक्षबीच वार्ता असफल

dr_govindaकाठमाडौँ, साउन ९ गते । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच आज भएको वार्ता निष्कर्षविहीन भएको छ । शिक्षा मन्त्रालयमा आज भएको वार्तामो माग सम्बोधनमा सरकारी पक्ष गम्भिर नदेखिएकाले वार्ता निष्कर्षविहीन भएको डा केसीका तर्फबाट वार्ता टोलीका संयोजक डा. अभिषेक राज सिंहले आरोप लगाउनुभयो ।

वार्तापछि विज्ञप्ति जारी गरी डा. सिंहले अनशनरत डा. केसीको स्वास्थ्य असाध्यै नाजुक भइसक्दा पनि सरकारी पक्ष चरम गैर जिम्मेवार र संवेदनविहीन हुँदै विधेयक सम्बन्धी दफागत छलफलमा सार्थक रुपमा प्रवेश नगरेको आरोप लगाउनुभयो । सरकारलाई उपलब्ध गराएको सूची बमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिवद्धता आए मात्रै अर्को चरणको वार्तामा बस्ने केसी पक्षले जनाएको छ । सरकारले डा. केसीको ज्यान जोखिममा पार्ने तथा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका काममा हलो अड्काउने रवैया अपनाएको भन्दै त्यसको कडा विरोध गर्ने विज्ञप्तिमा जनाइएको छ ।

त्यसअघि आजै बालुवाटारमा डा. केसीको माग सम्बन्धमा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेता सुवास नेम्वाङ र त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमाबीच छलफल भएको थियो । डा. केसीले संसद सचिवालयमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकको २५ बुँदामा संशोधन गर्नुपर्ने बताएपछि ती बुँदामा छलफल भएको सिंहले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter