दुग्ध उद्योग सञ्चालनपछि किसान उत्साहित

milk-collection_g-660x330मोरङ, साउन १० गते । गोठगाउँमा रु एक करोडको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् । सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको बेलामामा मोरङको गोठगाउँमा दूधजन्य सामग्री प्रशोधन तथा संकलन उद्योग सञ्चालनमा ल्याइएपछि किसान उत्साहित बनेका हुन् । स्थानीय सीताराम भट्टराई, पेशल पोखरेल, नवराज पोखरेलको संयुक्त लगानीमा सो दुग्ध उद्योग सञ्चालनमा ल्याइएको हो ।

सो क्षेत्रका किसानले दूधको मूल्य राम्रो पाउने भएका छन् । साना किसान सहकारी संस्था सुन्दरपुरका अध्यक्ष रवीन्द्र आर्चायका अनुसार पूर्वी मोरङमै दूध उत्पादन बढी हुने गोठगाउँका किसानको दुग्ध उत्पादनले बजार पाउने भएको छ । किसानबाट संकलन हुने दूधबाट आफ्नै ठाउँमा दूध प्रशोसन गरी दूधजन्य सामग्री उत्पादन हुने भएपछि संस्थाले समेत सहयोग पु¥याएको आचार्यको भनाइ छ ।

गत जेठ महिनादेखि सञ्चालनमा आएको उद्योगबाट दैनिक दूध प्रशोधन गरी प्याकेजिङ गर्ने, दही, मोही, नौनी उत्पादन गर्ने काम गर्ने गरेको उद्योगका सञ्चालक सीताराम भट्टराईले जानकारी दिनुभयो ।

साउन महिनामा दैनिक एक हजार २०० लिटर दूध संकलन तथा ४०० लिटर दूध प्याकेजिङ गरी बजारमा बिक्री गर्ने गरिएको, त्यसैगरी दही मोही र नौनीसमेत बिक्री गर्न थालिसकेको छ । उद्योगले किसानसँग राम्रो मूल्य दिएर गाई र भँैसीको दूध खरीद गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter