विदेशबाट फर्किएर सामूहिक भैँसीपालन

Wild Buffaloसुरेन्द्र खत्री / रुकुम (पश्चिम), साउन ११ गते । विदेश गएर फर्किएका रुकुम पश्चिम चौरजहारीका छजना युवाले सामूहिक भैँसीपालन व्यवसाय सञ्चालन गरेका छन् । अर्काको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै गाउँघरमा व्यवसाय गरेर आत्मनिर्भर बन्न सकिने भन्दै उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।

चौरजहारी नगरपालिका –५ लहरेसिमलका २९ वर्षीय अमृत शर्माको नेतृत्वमा उनीहरूले लहरेसिमल दुग्ध उत्पादन भैँसी फर्म स्थापना गरी गत वैशाखदेखि काम थालेका छन् । व्यवसायमा संलग्न अन्य युवामा मुक्तिप्रसाद शर्मा, दीपेश ढकाल, दिनेश शर्मा, गोरख रावत र चन्द्रलाल शर्मा रहनुभएको छ । सबैजना ३० वर्ष मुनिका युवा रहेको फर्मका अध्यक्ष अमृत शर्माले बताउनुभयो । सुरुमा २८ लाख लगानीमा भैँसी गोठ निर्माण गरेको र त्यसमा अहिले १५ वटा भैँसी पालन गरिएको शर्माले जानकारी दिनुभयो । जसमा चारवटा दुहुना छन् । एक महिनाभित्र सबै भैँसी दुहुना हुने र बजारमा दूध निर्यात गरेर आम्दानी बढाउने बताइएको छ । गोठको सबै कामकाज आफूहरूले मिलेर गर्ने गरेको व्यवसायी गोरख रावतले बताउनुभयो ।

‘विदेशमा गर्ने दुःख नेपालमै गरौँ भनेर साथीभाइको सल्लाहले काम सुरु गरेका छौँ । ’ व्यवसायी शर्माले भन्नुभयो, ‘यसबाट उदाहरणीय काम गरेर विदेशिएका अरू दाजुभाइलाई पनि स्वदेशमै केही गर्न प्रेरणा दिन चाहन्छौँ । ’ विदेशमा आफूहरूले भोग्नुपरेका दुःख सम्झेर गाउँमै केही गछौँ भन्दै सहयोगका लागि नगरपालिकासँग अनुरोध गरेर केही सहयोगसमेत प्राप्त गरेको उहाँले सुनाउनुभयो । युवा उद्यमी विकास गरेकोप्रति खुसी भएर नगरपालिकाले १५ लाख रुपियाँ सहयोग प्राप्त गरेको उहाँको भनाइ थियो ।

चौरजहारी बजारमा डेरी स्थापना गरी आफ्नो फर्म र वडाका सबै किसानबाट दूध खरिद गरेर एकमुष्ट बिक्री गर्ने योजना रहेको उनीहरूले बताएका छन् । प्रत्येक घरमा दुईवटा भैँसीपालन गर्न लगाउने र उक्त दूध गाउँमै खरिद गरेर आफूले उत्पादन गरेको दूधसँगै बजारसम्म पु¥याउँदा त्यसबाट थप आम्दानी हुने शर्माले बताउनुभयो । त्यसका लागि नगरपालिकाले प्रोत्साहन गरिरहेको उहाँको भनाइ छ ।

एउटा भैँसीलाई ६५ देखि ८५ हजार मूल्यमा किन्नु परेको र गोठ निर्माणलगायतमा लगानी धेरै भएकोले केही समय लगानी उठाउने र त्यसपछि आयस्तर बढाउने योजना रहेको युवा व्यवसायी दीपेश ढकाललेबताउनुभयो । एक्लैले गर्दा लगानी गर्न नसकिने भएकोले सबै विदेशबाट फर्किएको युवाको सहभागितामा व्यवसाय सञ्चालन गर्नुपरेको उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter