नेपाली क्रिकेटको तीन दशक: एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ

Nepal_cricket

काठमाडौँ, साउन १६ गते । नेपालले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन ।

नेपाली क्रिकेटले जति सफलता प्राप्त ग¥यो, यसैअनुरूप पदाधिकारीको विवाद अन्त्य र भौतिक संरचना पनि बन्न सकेको भए नेपाली क्रिकेटले अझै फड्को मार्ने क्रिकेट संघकै पदाधिकारीहरू स्वीकार गर्छन् ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले रासससँग कुरा गर्दै क्रिकेटको संरचना तत्कालका लागि बनेको नदेखिए पनि विभिन्नि ठाउँमा यससम्बन्धी पूर्वाधार निर्माण कार्य अगाडि बढिरहेको बताउनुभयो ।

“क्रिकेट संघमा केही वर्षदेखि चलेको विवादका कारण आइसिसीले दिने अनुदान तथा खेलाडीले पाउने सुविधा कटौती भएकाले संरचना निर्माणमा ढिलाइ भयो,” उहाँ स्वीकार्नुहुन्छ ।

यस वर्ष खेलकूदमा प्राप्त बजेटमध्ये बढी क्रिकेटमै परेकोले देशका विभिन्न आठ स्थानमा निर्माणाधिन क्रिकेट मैदानको कामले तीव्रता पाउने उहाँले बताउनुभयो । आगामी वर्ष नेपालमा दक्षिण एसियाली खेलकूद प्रतियोगिताका लागि कीर्तिपुर मैदानको स्तरोन्नति र प्यारापिट निर्माणको काम यसैवर्ष सम्पन्न हुने लक्ष्य रहेको बताइएको छ ।

बैतडी, दाङ, विराटनगर, इटहरी, धनगढी लगायतका स्थानमा निर्धाणधिन अवस्थाका क्रिकेट मैदानको काम तीव्ररूपमा अगाडि बढाइने दावी राखेपको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का निलम्बित अध्यक्ष चतुरबहादुर चन्दले क्यान विवादपछि आइसिसीले दिने अनुदान रोकेकाले संरचना निर्माणमा समस्या परेको बताउनुभयो । “देशभर आठ मैदान निर्माणाधिन अवस्थामा छन्, तर कुनै पनि सम्पन्न भइसकेको छैन, सबै मैदान अलपत्र अवस्थामा रहँदा खेलाडीलाई प्रशिक्षणमा अप्ठ्यारो भएकोले पूर्वाधारण निर्माणलाई तीव्रता दिनुपर्छ,”–उहाँले भन्नुभयो । भएको मैदान बिगार्ने र नयाँ नबनाउँदा समस्या भएको बताईन्छ ।

“राखेपमा दक्ष जनशक्तिको अभावले संरचना निर्माणमा ढिलाइ भएको हो”–उहाँले थप्नुभयो ।

निर्माण सम्पन्न हुन लागेको मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि मैदानबाहेक अन्तर्राष्ट्रियस्तरका रंगशाला नेपालमा अझै बन्न सकेको छैन ।

राष्ट्रिय गौरवका आयोजनाअनुरूप काठमाडौँको मूलपानीमा दुईवटा क्रिकेट मैदान निर्माण शुरू भएको १४ वर्ष भयो । सो मैदान बनाउन शुरु हुँदा नेपाल डिभिजन ५ मा थियो । नेपाली खेलाडी आज पहिलो एतिहासिक एक दिवसीय खेल्दैछ । तर मूलपानी मैदान अझै पूर्णरूपमा तयार भएको छैन ।

मूलपानीमा निर्माणाधीन दुई रंगशालामध्ये एउटा खेल्न योग्य बनेको छ । यसै मैदानमा केही महिनाअघि राष्ट्रियस्तरको प्रतियोगितासमेत भइसकेको छ । अर्कोमा भने स्थानीयवासीसँगको जग्गा विवाद कायमै छ ।

उक्त विवाद जग्गा सट्टापट्टा गरी समाधान गर्न मन्त्रिपरिषद्मा प्रस्तावसमेत पेश भइसकेको युवा तथा खेलकूद मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्मा पेश भएको प्रस्तावबारे निर्णय आइनसकेको मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एशोसिएट राष्ट्रको मान्यता पायो । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्दै एक दिवसीय मान्यता पायो । त्यसैअनुरूप नेपालले आज दिउँसो नेपाली समयानुसार २ः४५ बजे नेदरल्याण्डस्थित भि आर ए मैदान आम्र्सटडममा नेदरल्याण्डसँग एकदिवसीय खेल खेल्दैछ ।

क्रिकेट संघको समस्या समाधान गरी घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार, खेलाडीको वृत्ति विकासमा ध्यान दिँदै चार वर्षका लागि पाएको एक दिवसीय मान्यता निरन्तर टिकाउनुपर्ने चुनौती नेपालमाथि थपिएको छ ।

सरकारले मूलपानीमा निर्माणाधीन क्रिकेट मैदानको कामलाई प्राथमिकतासाथ अघि बढाइ देशका विभिन्न आठ स्थानमा क्रिकेट मैदान निर्माण कार्यलाई निरन्तरता दिने चालु आवको बजेटमा उल्लेख गरेको छ । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter