अपराध नियन्त्रणका लागि सिसी क्यामेरा जडान

cctv 1रोल्पा, साउन २१ गते । सदरमुकाम लिवाङ बजारमा अब सिसी क्यामेराबाटै निगरानी गरिने भएको छ । अपराध अनुसन्धान तथा शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले उक्त क्यामेरा जडान गरिएको हो ।

बजार क्षेत्रको दैनिक गतिविधि अब प्रहरी कन्ट्रोलरुमबाटै निगरानी हुने प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताउनुभयो ।

रोल्पा नगरपालिका, रोल्पा उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, गैर सरकारी संस्था महासंघ, विभिन्न बंैक र लेखापढी कानून व्यवसायी एशोसिएशनको संयुक्त लागतमा सदरमुकामका विभिन्न स्थानमा १० वटा सिसी क्यामेरा जडान गरिएको छ ।

ती क्यामेरामध्ये चार वटा चारैतिर घुम्ने र छ वटा एकैतिर रहने खालका छन् । टुँडिखेल क्षेत्रमा तीनवटा, जनता बैंक अगाडि, लोकतान्त्रिक चोकमा , बीच बजारमा, पिपल चौतारामा सात्ताले खोलामा, शिवालय मन्दिरमा र जिल्ला प्रशासन कार्यालयको ढोकामा एक–एक वटा क्यामेरा रहेका छन् ।

जिल्ला सदरमुकाममा विभिन्न क्षेत्रका मानिसको आवतजावत हुने भएकाले सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न तथा सामाजिक विकृति रोक्न क्यामेरा जडान गरिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो ।

ती क्यामेराका लागि उक्त नगरपालिकाबाट रू सात लाख र अन्य निकायबाट रु ११ लाख ६३ हजार व्यहोरिएको उहाँले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter