‘कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य’; पर्यटक लोभ्याउन बुद्धपार्क निर्माण

tourists-visiting-Nepalसुर्खेत, साउन २९ गते । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताउनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा सोमबार आयोजित ‘व्यावसायिक तथा प्राविधिक शिक्षा नीति निर्माणार्थ सुझाव संकलन’ कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेश जलविद्युत्, जडीबुटी, कृषिका साथै पर्या–पर्यटनका लागि महत्वपूर्ण गन्तव्य भएको बताउनुभयो । उहाँले प्राविधिक तथा व्यावसायिक शिक्षा नीति निर्माणमा जोड दिनुभयो । “शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना भएको छ,” उहाँले भन्नुभयो, “शिक्षा गरिखाने हुनुपर्छ, ठगी खाने होइन ।”

प्राविधिक शिक्षा नीति निर्माण ९सिटिईभिटी० सुझाव सङ्कलन कार्यदलका सदस्य डा सुनिलबाबु श्रेष्ठले सरकार, नीजि क्षेत्र र सहकारी साझेदारीबाट जानसके मात्र विकास हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा अब जागिर दिने शिक्षाको आवश्यकता छ ।” वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले पछिल्लो समयमा भनसुन गरेर मात्र परीक्षामा पास भइन्छ भन्ने डरलाग्दो परिपाटी बसेको बताउनुभयो ।

शिक्षा समन्वय इकाई सुर्खेतका प्रमुख जीतबहादुर शाहले प्राविधिक तथा व्यावसायिक शिक्षा नीति सङ्घले तयार गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय आवश्यकतालाई मध्यनजर गरी नीति तयार गर्न उहाँले सुझाव दिनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्मा, उपसचिव भक्तबहादुर ढकाललगातले आफ्नो सुझाव दिनुभएको थियो ।

पर्यटक लोभ्याउन बुद्धपार्क निर्माण

सगरमाथालगायत आधा दर्जन बढी हिमश्रृङ्खलाको दृष्यावलोकनका लागि प्रख्यात सोलुखुम्बुको पत्तालेमा थप पर्यटकको आकर्षण बढाउन बुद्धपार्कको निर्माण कार्य अघि बढेको छ । सोलुदूधकुण्ड नगरपालिका–८ को केरुङमा पर्ने तल्लो सोलुको आकर्षक पत्तालेमा बुद्धको मुर्ती स्थापनाका साथै बुद्ध धर्मसम्बन्धी अन्य संरचना निर्माण गरी धार्मिक पर्यटकसमेत भिœा्याउने लक्ष्यका साथ निर्माण सुरु भएको योजनाका लागि करिब सात करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ ।

बुद्धपार्क निर्माण गर्न लागिएको पत्ताले क्षेत्रमा प्रसिद्ध धार्मिक पर्यटकीयस्थल गौरीटाप डाँडा, चाँगेस्थान मन्दिर तथा दृष्यावलोकनका लागि प्रसिद्ध थालेडाँडा रहेकाले पछिल्लो समय पर्यटकको आकर्षणको थलो बन्दै गएको छ । समय तथा खर्चका कारण खुम्बु क्षेत्र पुग्न नसक्नेका लागि सगरमाथा गौरीशङ्करलगायत एक दर्जन बढी हिमाल अवलोकनको आनन्द यही स्थानबाट लिन सकिने पत्तालेका स्थानीय युवा प्रकाश मगरले बताउनुभयो

काठमाडौँबाट २४० किमीको दूरीमा रहेको पत्तालेमा हिउँदमा बाक्लो हिमपातसमेत हुने भएकाले हिउँ खेल्ने पर्यटकको घुइँचो लाग्ने गरेको छ । दुई रोपनी क्षेत्रफलको सरकारी जग्गामा भगवान् गौतम बुद्धको २८ फिट उचाइको प्रतिमा निर्माण धमाधम भइरहेको बुद्धपार्क निर्माण समितिका सचिव राजकुमार मगरले जानकारी दिनुभयो । उहाँले धार्मिक हिसाबले महìवपूर्ण तथा परम्परागतरूपमा बुद्धको प्रतिमा निर्माण गर्न जुङ, पेमा बनाउनुपर्ने हुँदा समय लागेको बताउनुभयो ।

आर्थिक वर्ष २०७३÷७४ मा तत्कालीन जिल्ला विकास समितिबाट ११ लाख रुपियाँको काम भएको र आर्थिक वर्ष २०७४÷७५ मा सोलुदूधकुण्ड नगरपालिकाबाट २५ लाख रुपियाँ गरी करिब ३६ लाख रुपियाँको काम सम्पन्न भइसकेको सचिव मगरले जानकारी बताउनुभयो ।

प्रतिमाको डिजाइन विशेष मुर्तीकारबाट भइरहेको निर्माण समितिले जनाएको छ । क्रमागतरूपमा निर्माण कार्य हुने हँुदा अझै केही वर्ष लाग्ने निर्माण समितिले जनाएको छ । पर्यटन प्रवद्र्धनका लागि प्रतिमासहितको पार्क बनाउन लागेकाले आवश्यक बजेटको व्यवस्थापन भए चाँडै निर्माण सम्पन्न हुने सचिव मगरले बताउनुभयो । समयमा निर्माण सम्पन्न गर्नसके घुम्न आउने पर्यटकसमेत बढ्ने स्थानीय बताउँछन् ।

दर्जनौँ हिमश्रृङ्खलाको मनोरम दृष्यावलोकनका लागि पत्तालेमा स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने विशेष योजना बनाउन पत्तालेका स्थानीय तह तथा पर्यटन व्यवसायीहरूले पहल गर्नुपर्ने स्थानीयको जोड छ । पार्कसँगै पत्तालेमा भ्यू टावर निर्माण, स्थानीय परिकार खुवाउने, शेर्पा संस्कृतिअनुसार स्वागत सत्कार गर्नेजस्ता कार्यक्रम गर्नसके प्रभावकारी हुने पर्यटन व्यवसायी तथा हिमालयन म्याजिक ट्रेक्सका प्रबन्ध निर्देशक नविन कार्कीले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter