जनप्रतिनिधिको मर्यादा राख्नुस्– प्रधानमन्त्री

PM Oliकाठमाडौँ, काठमाडौँ, साउन ३१ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा देखिएको अनियमितता, भ्रष्टाचार र जनप्रतिनिधिले उपभोग गरेका सुविधाका विषयमा चासो व्यक्त गर्नुभएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिमण्डलसँग आज सिंहदरबारमा अन्तक्र्रिया गर्दै उहाँले सो विषयमा चासो व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले स्थानीय तहमा अनियमितता भएको, जनताका काम जनप्रतिनिधिले सहज ढङ्गले नगरिदिएको गुनासो धेरै आएकाले त्यस विषयमा गम्भीर हुन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

“कतिपय ठाउँमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले महङ्गा गाडी किनेको, कतिपय वडा अध्यक्षले डोजर किनेर सडक निर्माणमा ठेक्का आफैँ लिएका गुनासा आएका छन्”, उहाँले भन्नुभयो, “तपाईंहरु जनप्रतिनिधि हो, त्यसकारण जनताले नरुचाउने काम नगर्नुहोस्, जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रित हुनुहोस् ।”

प्रधानमन्त्री ओलीले कतिपय सुविधा कानूनले दिएको भनेर त्यसैअनुसार उपभोग नगर्न आग्रह गर्दै राजनीतिमा त्याग पनि महत्वपूर्ण भएको स्मरण गराउनुभयो ।

“त्यस्ता सुविधालाई अत्यावश्यकबाहेक अहिले त्याग गरेर जनताको मन जित्न सक्नुपर्छ,” उहाँले भन्नुभयो,“ देश निर्माणको ठूलो जिम्मेवारी गाउँपालिकाका जनप्रतिनिधिको काँधमा आइपुगेको छ ।”

प्रधानमन्त्री ओलीले दुर्गम ठाउँमा साधन स्रोतको कमी हुने भएकाले त्यहाँका जनप्रतिनिधिले धेरै चुनौतीमा काम गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

“जतिसुकै चुनौती भए पनि देश निर्माणको जग भनेको तपाईंहरु नै हो”, उहाँले भन्नुभयो, “दुर्गमका बस्ती, राज्यको सेवासुविधा नपुगेका जनतामा तपाईंहरुले नै सेवा प्रवाह गर्ने हो ।” देश निर्माणका लागि जनताले स्थानीय जनप्रतिनिधिलाई ठूलो जिम्मेवारी दिएको नभुल्नसमेत प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सुगम ठाउँ नगरपालिका र महानगरपालिका हुने भएकाले त्यहाँका जनप्रतिनिधिलाई केही सहज हुुने तर दुर्गमका गाउँपालिकामा यस्तो स्थिति नहुने बताउँदै स्थानीय तहका जनप्रतिनिधिका कामबाट जनताले प्रदेश र सङ्घीय सरकारप्रतिको पनि धारणा बनाउने भएकाले आफ्नो आचरणमा विशेष ख्याल गर्न आग्रह पनि गर्नुभयो ।

भेटमा महासङ्घका प्रतिनिधिले स्थानीय तहले भोग्नुपरेको समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter