प्रदेश नं २ को समृद्धिका लागि प्रधानमन्त्रीको प्रतिबद्धता

PM Oliजनकपुरधाम, भदौ २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा सबै भन्दा बढी विकास प्रदेश नं २ मा नै हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रदेश नं २ को आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा यस प्रदेशमा समृद्धिका हरेक उपायहरुलाई अबलम्बन गर्ने बताउनुभयो ।

उहाँले यस प्रदेशमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल्वे, फास्ट ट्र्याक निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्व विद्यालयको स्थापना, सिँचाइका पूर्वाधारहरुको विकास, कल कारखानाको स्थापना, जनता आवास योजना, तराईमा प्रत्येक वर्ष हुने आगलागीबाट बचाउनको लागि टिनको छाना निर्माण लगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले युवालाई वैदेशिक रोजगारीमा जान रोक्नको लागि आवश्यक रोजगारीका अवसर सिर्जना गरिने बताउँदै प्रदेश नं २ अन्य प्रदेशको तुलनामा सम्भावना बोकेको प्रदेश भएको हुँदा परिवर्तन ल्याउनको लागि अब बिलम्ब गर्न नहुने बताउनुभयो ।

उहाँले प्रदेश नं २ ले कुल जिडिपीको १६.२ प्रतिशत योगदान मात्र पु¥याइरहेकोमा यो प्रतिशत बढाउन उचित सिँचाइ र कृषिको आधुनिकिकरण गरिनुपर्ने बताउनुभयो । उहाँले तराई–मधेसमा चुरे संरक्षण गर्न नसकेका कारण यहाँका उर्वरभूमि मरुभूमिकरण तर्फ उन्मुख भएको हुँदा यसलाई रोक्नुपर्ने आवश्यत्ता औँल्याउनु भयो ।

उहाँले तराई–मधेस भएर बग्ने ठूल–ठूला नदी जस्तै कोशी–कमला डाइभर्सन लगायतका सिँचाइका आयोजना कार्यान्वयन तर्फ अग्रसर हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “मधेसको उर्वरभूमिको सही सदुपयोग गर्न सक्नुपर्दछ । सहकारिताको माध्यमबाट यहाँ उत्पादन हुने अन्न, फलफूल विदेश निर्यात गर्न सक्नुपर्दछ ।” उहाँले शहरी विकास मन्त्रालयले ७० प्रतिशत बजेट तराई– मधेसको लागि छुट्याएको जानकारी दिँदै पाँच वर्षभित्र हुलाकी सडक निर्माण सम्पन्न हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “रेलगाडी, कलकता बन्दरगाह जाने पानी जहाज सबै यही प्रदेश भएर कुद्ने छ ।” उहाँले नेपालको झण्डा फरफराएर हिँडेको पानी जहाज समुद्रमा कुदेको नेपाली जनताले देख्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जनता आवास योजना अन्तर्गत प्रदेश नं २ को ८ जिल्लामा एक÷एक हजारको दरले आठ हजार घर निर्माण गरिने र आगलागीबाट जोगाउनको लागि खरको छाना हटाएर टिनको छाना लगाउने योजना रहेको जानकारी दिनुभयो ।

उहाँले जनकपुरधामस्थित मणिमण्डपमा उत्खननबाट भेटिएको पौराणिक वस्तुलाई दृष्टिगत गर्दै यसको संरक्षण तथा सम्बद्र्धन गर्नको लागि मणिमण्डप निर्माण गर्नको लागि सरकारले बजेटको व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले यस प्रदेशमा एक विश्व विद्यालयको स्थापना तथा राजविराजमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको नाममा एक मेडिकल कलेजको स्थापना गर्ने सोच रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जनकपुर प्राचीनकालदेखि नै बौद्धिक वर्गको क्षेत्र रहेको बताउँदै अहिले यस क्षेत्रमा देखिएको दाइजो, बोक्सीको नाममा महिलामाथि हुने हिंसा देखेर आफ्नो मन दुखेको बताउनुभयो । उहाँले अन्धविश्वास, असभ्यता र अमानवियताको विरुद्ध आफैले आफैलाई सच्याउनुपर्ने आवश्यकतामा जोड दिँदै विभेद्कारी मानसिकताको अन्त्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यस प्रदेशमा धार्मिक पर्यटनको सम्भावनालाई मध्यनजर गर्दै जलेश्वर, सिम्रोनगढ, जनकपुर, धनुषाधाम, सखडाभगवती लगायतका धार्मिकस्थललाई विकास गर्ने सोच सरकारको रहेको प्रधानमन्त्री ओलीले जनाउनुभयो । प्रधानमन्त्री ओलीले आफूले भारतीयमन्त्री नरेन्द्र मोदीलाई जनकपुर र मुक्तितनाथको दर्शन गराएपछि यस क्षेत्रमा पर्यटकको उल्लेख्य वृद्धि भएको चर्चा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम तथा उत्तरदक्षिण रेल्वे निर्माण जसरी पनि गर्ने आफ्नो इच्छा रहेको बताउँदै यसका लागि दुबै छिमेकी राष्ट्रसँग सकारात्मक रुपले संवाद भइरहेको बताउनुभयो । उहाँले रेल्वे सञ्चालनपछि यहाँका उत्पादनलाई अन्य देशमा निर्यात गर्न र अन्यत्रबाट मालसामान आयात गर्न पनि सहज हुने छ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सङ्घीय सरकार कुनै किसिमले पनि विभेद्कारी नरहेको बताउँदै प्रदेश सरकारले योजना बनाएर दिए कार्यन्वयनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राजनीतिलाई हारजित हैन यसलाई राष्ट्र निर्माणको एउटा माध्यम बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले विभिन्न राजनीतिक दलमा भएको विविधतालाई कलहको विषय बनाउन नहुने भन्दै आफू सप्तरीको जनतालाई आफ्ना कुरा भन्न गएको र उक्त कुरा बताएर फर्किंदा राजमार्गमा पुगिसकेपछि मलेठमा गोली चलेको थाहा पाएँ, त्यो गोली किन चल्यो, कसरी चल्यो, कसले चलायो आफूलाई केही थाहा नभएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “कसै कसैले हल्ला चलाएको छ, संविधान संशोधन हुँदैन, त्यसमा कुनै सत्यता छैन ।” उहाँले समय, जनताको भावना र आवश्यकता अनुसार संविधान संशोधन हुने बताउँदै यस्ता आफवाह र हल्लाकोपछि नलाग्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “संविधान गतिशील छ, यो आवश्यकताअनुसार संशोधन हुन्छ ।”

प्रधानमन्त्री ओलीले जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानले वंशजको नागरिकता पाउने बताउँदै, यसको लागि चाडै नै नियम लागू हुने जानकारी दिनुभयो । उहाँले बाबु वा आमामध्ये एकजना कसैको नेपाली नागरिकता भए उसका सन्तानले नागरिकता पाउने कानूनी व्यवस्था भइरहेकोसमेत जानकारी दिनुभयो ।

उहाँले लोकतन्त्र सबैभन्दा राम्रो शासन पद्दति भएको बताउँदै जनताले दिएको विश्वास र अभिभारालाई जनप्रतिनिधिले कायम राख्न सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको विश्वासलाई धोका दिनुहुँदैन, जनतालाई लोकतन्त्र भनेको विधिको शासन हो, भन्ने कुरालाई सार्थक बनाउनेकार्य जनप्रतिनिधिबाट हुनुपर्दछ ।”

प्रधानमन्त्री ओलीले अहिले दुबै छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्ध उत्तिकै राम्रो रहेको बताउँदै ‘समृद्ध नेपाल सुखी नेपाल’ भन्ने हाम्रो अभियानलाई सार्थक बनाउन सबैतिरबाट सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।

उहाँले विभिन्न क्षेत्रमा भारतले बाँधेको बाँध र त्यसबाट उत्पन्न डुबानको समस्याका बारेमा भारतीय प्रधानमन्त्रीसँग खुलस्त रुपमा कुरा गरेको र भारतीय प्रधानमन्त्री मोदी समस्या समाधानका लागि सकारात्मक रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “भारत नेपालको साझा समस्यालाई पारस्परिक रुपमा समाधान गरिनुपर्दछ, भारत यसको लागि सकारात्मक छ ।”

प्रदेश सभामुख सरोज यादवको अध्यक्षतामा भएको प्रदेश २ को प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले १ घण्टा ३८ मिनेटको समय लिएर सम्बोधन गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter