माटो सुरक्षाका लागि जैविक मल

Fertilizerसल्यान, भदौ ३ गते । रसायनिक मलले माटोको उर्वराशक्ति ह्रास गर्दै गएपछि जिल्लाका किसान जैविक मलतिर आकर्षित हुन थालेका छन् ।

रासायनिक विषादीले सुरुका केही वर्षमा उत्पादन बढाए पनि विस्तारै माटोको उवर्रा शक्ति हराउने र माटोको अम्लियपन बढ्न थालेपछि आफूहरू रासायनिक मल छोडेर घरायसी रूपमा बनेको जैविक झोलमलतर्फ लागेको छत्रेश्वरी गाउँपालिका ५ चोरपानीकी किसान रुपा कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो “पहिले जुनसुकै बाली लगाउँदा पनि युरिया डीएपी हाल्थयौँ उत्पादन धेरै हुन्थ्यो । अहिले उत्पादनमा कमी आएको छ । कृषि प्राविधिकले माटोमा रासायनिक मलका कारण अम्लियपन बढेकाले उत्पादनमा कमी आएको बताएपछि जैविक विषादी र मल प्रयोग गर्न थालेको कृषकको भनाइ छ ।

जैविक मल बनाउँदा कम खर्च लाग्ने र यसको प्रयोगबाट कुनै हानी नहुने भएपछि चोरपानीको सिंगो गाउँले नै जैविक झोल मलको प्रयोग गरेको अर्का किसान दीपेन्द्र कुंँवरले बताउनुभयो । उहाँले भन्नुभयो “जैविक विषादी बनाउन कम खर्च लाग्ने र प्रयोगबाट पनि कुनै असर नहुने बुझेपछि गाउँका सबै किसान जैविक विषादीको प्रयोग बढाएका छन् ।

जैविक विषादी प्रयोग गर्दा केही वर्ष उत्पादन रासायनिक मल हालेको भन्दा कम भए पनि अहिले क्रमशः उत्पादनमा वृद्धि आउन थालेको रामपुर गाउँपालिका २ सिमलकुनाका किसान नारायण पङ्गालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो उत्पादन बढाउन जैविक मल प्रयोग गर्ने गरेका छाँै । mal

रासायनिक मलको अनाधिकृत प्रयोगका कारण माटोको अम्लियपना बढ्दै गइरहेको समयमा जैविक विषादी तथा मल प्रयोग गर्न किसानलाई आग्रह गरिएको पहल कार्यक्रमका कृषि कार्यक्रम अधिकृत ऋिषीराज वलीले बताउनुभयो । उहाँले भन्नुभयो रासायनिक मलको प्रयोग गर्दा उत्पादन पनि विस्तारै घट्नुका साथै मानिसको स्वास्थ्यमा पनि असर गर्ने भएकाले हामीले जैविक विषादीको प्रयोगलाई विशेष जोड दिँदै आइरहेका छौँ । गाउँघरमै पाइने तीतेपाती, सिस्नो, असुरो, टिमुर, निम, खुर्सानी, बकाइनोलगायतका वनस्पतिबाट बनाइने भएकाले किसानको आकर्षण बढिरहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter