पाँच वर्षभित्र सुकुम्बासी समस्या समाधान गरिने

PM Oliमोरङ, भदौ ६ गते । प्रधानमन्त्री केपी ओलीले आगामी पाँच वर्षभित्र सुकुम्बासी समस्याको स्थायी समाधान गरिने बताउनुभएको छ ।

पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्चरे नगरसमितिद्वारा आज आयोजित बधाई, शुभकामना तथा बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

सुकुम्बासी समस्या राष्ट्रिय समस्या भएकाले यसको दिगो समाधान गरिने बताउनुभयो । उहाँले माध्यमिक शिक्षा अनिवार्य र निःशुल्क बनाउन सरकार दृढ सङ्कल्पित रहेको पनि बताउनुभयो । लोपोन्मुख, गरीब र पछाडि परेका सबै जातजातिका लागि उच्च शिक्षा निःशुल्क गरिने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “न्यूनतम मापदण्ड पूरा गर्नुप¥यो, मेहनत गरेर प्रतिस्र्धामा आउन सक्नुप¥यो ।”

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रधानमन्त्री ओलीले सानातिना समस्या सुनाउन प्रधानमन्त्रीलाई कुर्नु नपर्ने बताउँदै गाउँपालिका र नगरपालिकाबाट समस्या समाधान हुने स्पष्ट गर्नुभयो ।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले नेपाली जनताका समस्याको स्थायी समाधान गर्ने बताउनुभयो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पथरीशनिश्चरे नगरपालिका–१० स्थित १०८ बिघा जग्गामा सांस्कृतिक सङ्ग्रहालय बनाउने सरकारको कार्यक्रम रहेको जानकारी दिनुभयो ।

मन्त्री भएपछि पहिलो पटक गृहनगरमा आउनुभएका मन्त्री ढकालले डाँस र बक्राहा खोलाको कटानको समस्या स्थायीरुपमा समाधानका लागि आफू क्रियाशील रहेको पनि बताउनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अबको कार्यसूची विरोध, द्वन्द्व र अराजकता नभई विकास मात्र भएको बताउनुभयो । नेकपा पथरीशनिश्चरेका संयोजक मोहनकुमार तुम्बापोको सभापतित्वमा भएको भेलामा पथरीशनिश्चरे नगरपालिकाकाप्रमुख दिलीपकुमार राईले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter