सिँचाइका लागि पोखरी

irrigationबर्दिया, भदौ ७ गते । जिल्लामा सिँचाइ गर्न पोखरी निर्माण गर्न थालिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत २० हेक्टर क्षेत्रमा पोखरी निर्माण गरिएको हो । उक्त योजनाअन्र्तगत ९७ हेक्टरमा पोखरी निर्माण गर्ने लक्ष्य रहेको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम रावतका अनुसार जिल्लामा ७५ हजार हेक्टर खेतीयोग्य जमीन छ ।

अहिले ६ हजार हेक्टरमा मात्र खेती गरिएको छ । यहाँ सिञ्चीत क्षेत्रफल ४२ हजार ५८ हेक्टर रहेको छ । यहाँ वर्षभरि सिँचाइ गर्न सकिन्छ । यस वर्ष कार्यालयले खेतीयोग्य जमीनमा रु ११ करोड ५० लाख लगानी गरेको छ । मसिना धान उत्पादन प्रवद्र्धन कार्यक्रम जिल्लाको ६ पकेट क्षेत्रमा सञ्चालन गरिएको रावतले बताउनुभयो ।

केराखेती, माछापालन र तरकारी खेती पकेट बनाइ गरिँदै आएको छ । पाँच हेक्टरमा तरकारी खेती गरिएको छ । जिल्लामा आव २०७४÷७५ देखि युवा लक्षित व्यावसायिक तरकारीखेती कार्यक्रम सञ्चालनमा छ । जिल्लामा ६० हजार १०० हेक्टरमा धान रोपाइँ गरिन्छ । जिल्लामा परम्परागत कृषि प्रमाणीमा सुधार गर्दै व्यावसायिक रुपमा खेती गर्न थालिएको छ ।

पछिल्लो समय कृषिमा अनुदानसमेत बढेको छ । युवा लक्षित कार्यक्रमअन्तर्गत ठूलो मात्रामा कृषकलाई अनुदान दिन थालिएको छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लामा विभिन्न कृषि मेला आयोजना गर्दैआएको छ । कर्णाली र बबई नदीको पानीबाट खेत सञ्चित गरिँदै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter