छिनालिएको हात सफल शल्यक्रियाबाट जोडियो

TU teaching hospitalसुर्खेत, भदौ ८ गते । मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा एक बिरामीको छिनालिएको हात उपचारपछि जोडिएबाट उनले नयाँ जीवन पाएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत हाडजोर्नी विशेषज्ञ डा.मंगल रावल, डा हरिहर देवकोटा, डा रमेश भट्टराई र सुर्खेत अस्पतालका डा.हरि सापकोटाको टोलीले बिरामी रमेश थारुको छिनालिएको दायाँ हात शल्यक्रिया गरेर जोड्नु भएको हो । बारदिया गाउँपालिका–४ बर्दिया गुरुवागाउँ घर भई सुर्खेतमा मिस्त्रीको कामगर्दै आएका २४ वर्षीय थारुको हात शल्यक्रियागरी जोडिएको डा.रावलले जानकारी दिनुभयो ।

थारुको साउन ३१ गते सुर्खेत एयरपोर्टस्थित घरको काम गर्ने क्रममा छतबाट खसेको टिनको पाताले दायाँ हात छिनालिएको थियो । हात छिनालिँदा घटनास्थलमै उनको चार लिटर बढी रगत बगेको र तत्काल माया नर्सिङहोममा प्राथमिक उपचारगरी क्षेत्रीय अस्पतालमा ल्याइएको उहाँले बताउनुभयो ।

“छिनालिएको हात जोडिनु पश्चिम नेपालको यो ठूलो सफल शल्यक्रिया हो ।” डा रावलले भन्नुभयो, यस्तो खाले जटिल शल्यक्रियामा कमै मान्छेको मात्र जीवन बचाउन सकिन्छ । छिनालिएको हातबाट शरीरको अधिकतम् रगत बगिसकेको र सबै रक्तनलीका छिनिएकाले चुनौतीका बीचबाट यो शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

कागजजस्तो सेतो भइसकेका थारुलाई सात पिन्ट रगत दिइएको थियो । डा हरिहर देवकोटाले बिरामी थारुले रगतसहित तुरुन्तै उपचार पाएर मात्र ज्यान जोगिएको बताउनुभयो । बिरामी थारुले गइसकेको जीवन फर्काउने चिकित्सकलाई भगवान्का उपमा दिनुभयो । मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले नेपालको पहिलो फिस्टुला अस्पतालका रुपमा परिचित यस अस्पतालको चिकित्सक टोलीले सफलता हासिल गरेको जनाउनुभयो । इच्छाशक्ति र टोलीको साझा प्रयासले नसोचेको कुरा पनि हुँदो रहेछ । उहाँले भन्नुभयो, अब कर्णालीका जनताले धेरै ठूलो खर्च गरेर निजी अस्पताल धाउनु पर्दैन । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter