माग धान्दै रक्तसञ्चार केन्द्र

blood donationचितवन, भदौ १० गते । मध्य नेपालका १० जिल्लामा रगत सङ्कलन गरेर क्षेत्रीय रक्तसञ्चार केन्द्रले माग धान्दै आएको छ ।

जिल्लामा वार्षिक ३५ हजार युनिटभन्दा बढी रगतको माग रहेको छ । रक्तसञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार तीन सयभन्दा बढी सङ्घ संस्थासँग सहकार्य गरेर रगत सङ्कलन गरिँदै आएको छ । केन्द्रले मकवानपुर, रौतहट, सर्लाही, धादिङ्, गोर्खा, तनहुँ, लमजुङ्, नवलपरासीको दाउन्ने पूर्व तथा पश्चिम पुगेर रगत सङ्कलन गर्दै आएको छ ।

“जिल्लाका रेडक्रस र अन्य सङ्घ संस्थासँग सहकार्य गरेर प्राविधिक सहितको रक्त सङ्कलन भ्यान पठाएर रगत ल्याउने गरेका छौँ,” उहाँले भन्नुभयो । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने सबैको सहयोगले केन्द्र सञ्चालन गर्न सकिएको बताउनुहुन्छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा युनिट राखेर सेवा दिइँदै आएको छ ।

“वर्षभरी रगत पु¥याउन कठिन हुने गरेको छ,” उहाँले भन्नुभयो । बीस प्रतिशत बिरामीका आफन्त तथा स्वयंमसेवी रक्तदाताले केन्द्रमा पुगेर रक्तदान गर्ने गरेका छन् । जिल्लामा रगतको माग अत्यधिक हुने गरेको छ । हरेक वर्ष वैशाखदेखि साउनसम्म रगतको अभाव हुन्छ । सो समयमा केन्द्रले बाह्य जिल्लाबाट रगत ल्याउने गरेको नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री हरि पौडेलले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter