उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक – प्रचण्ड

Prachandaकाठमाडौँ, भदौ १० गते । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक पूर्वाधार, पर्यटन क्षेत्र, जलविद्युत् र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने बताउनुभएको छ ।

आफ्नो निवास खुमलटारमा अमेरिकी दक्षिण तथा मध्यएशिया मामिला उपसहायकमन्त्री एलिस जी वेल्ससँगको भेटमा उहाँले नेपाल सरकारका तर्फबाट लगानीको सुरक्षा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा हुन लागेको बिमस्टेक सम्मेलन आर्थिक विकासका लागि सहयोगी सिद्ध हुनेछ ।”

उहाँले शान्ति, समृद्धि र लोकतन्त्रप्रति आफूहरू पूर्णप्रतिबद्ध रहेको बताउँदै
संसारमा स्थापित लोकतन्त्रको मान्यता नेपालमा अनुसरण गरिएको स्पष्ट गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको शान्ति प्रक्रिया, गणतन्त्रको घोषणा र संविधान निर्माण हुँदै त्यसको सफल कार्यान्वयनमा अमेरिकी जनता र सरकारको सद्भावका लागि धन्यवाद छ ।”

सो अवसरमा अमेरिकी उपसहायकमन्त्री वेल्सले नेपालको राजनीतिक स्थायित्वमा महत्वपूर्ण योगदान गरेको भन्दै अध्यक्ष दाहालको प्रशंसा गर्नुभएको थियो । उहाँले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि नमूना भएको बताउनुभयो । नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्ध राम्रो रहेको उपसहायकमन्त्री वेल्सको धारणा थियो । उहाँले वर्तमान स्थायी सरकार नेपालको आर्थिक समृद्धिका लागि गतिलो आधार भएको बताउनुभयो ।

उहाँले साइबर सुरक्षा र प्रकोप नियन्त्रणमा आफूहरू सहयोग गर्न इच्छुक रहेको बताउनुभयो । उपसहायकमन्त्री वेल्सले भन्नुभयो, “नेपाल प्राकृतिक रूपमा सुन्दर र सम्पन्न देश हो । यहाँ धेरै सम्भावना रहेका छन् ।” रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter