समृद्ध नेपाल, सुखी नेपालका लागि ध्यान दिन सांसदको आग्रह

Nepal Parliamentकाठमाडौँ, भदौ २१ गते । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले कपिलवस्तु जिल्लाको कपिलवस्तुदेखि तौलिहवासम्मको हुलाकी सडक छिटो निर्माण सम्पन्न गर्न, तौलिहवा अस्पताललाई ५० श्यया बनाउन र यातायात क्षेत्रको तेस्रो पक्ष बीमा रकमलाई बढाउन माग गर्नुभयो ।

सिंहदरबारभित्रको पुरानो गाडी हटाउन, त्यहाँ रहेको सबै कवाडी हटाई सुन्दरता बढाउन, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न सरकार र सदनको उहाँहरुले ध्यानाकर्षण गराउनुभयो ।

सांसदले हालै काठमाडौँमा सम्पन्न बिम्स्टेक बैठकमा सदस्य देशका बीचमा संयुक्त अभ्यास गर्ने कि नगर्ने के सहमति भएको हो अथवा नभएको के हो ? यसका बारेमा सदनलाई यथार्थ जानकारी गराउन पनि माग गर्नुभयो ।

समृद्ध नेपाल, सुखी नेपाल बनाउन सरकारले आफ्ना नीति तथा कार्यक्रमलाई केन्द्रित बनाउन सुझाव दिँदै सांसदले धनकुटा जिल्ला अस्पतालमा दरबन्दीअनुसार चिकित्सक पठाउन, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र सचिव देशबाहिर हुँदा एक हजार ६०० कर्मचारीको सरुवा किन र कसरी भयो ? भन्ने प्रश्न राख्नुभयो ।

सप्तकोशीको पानीले राजविराजको हनुमान नगरपालिका र कङ्काली नगरपालिकाका करीब ४५० घर डुबानमा परेको हुँदा राहतका कार्यक्रम पु¥याउन पनि सांसदले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदले दाङको देउखुरी क्षेत्रमा खानेपानी, यातायात, सञ्चारको पहुँच पु¥याउन र मलखादको व्यवस्था गर्न पनि माग गर्नुभयो ।

यसरी आफ्नो धारणा राख्नुहुने सांसदमा यज्ञराज सुनुवार, मोतिलाल दुगड, याशोदा गुरुङ, बृजेशकुमार गुप्ता, भरतकुमार साह, मीन विश्वकर्मा, डा मीनेन्द्र रिजाल, मीना पाण्डे, रङ्गमती शाही, राजेन्द्रकुमार केसी, राजेन्द्रकुमार राई, राजेन्द्र गौतम, राधाकुमारी ज्ञवाली, रानी मण्डल, रामकुमारी झाँक्री, रामवीर मानन्धर, रेखा कुमारी, रेखा शर्मा र लक्ष्मीकुमारी चौधरी हुनुहुन्थ्यो । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter