टरिगाउँ विमानस्थल पुनः सञ्चालन हुने

Jufal Airportतुलसीपुर, असोज १६ गते । लामो समयदेखि बन्द रहेको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच सोमबार भएको सहमतिअनुसार आज जहाजले परीक्षण उडान गर्नेछ । “दशैँअगाडि बाटै हामीले सातामा दुई पटक विमानसेवा सञ्चालनको तयारी गरेका छौँ,” निगममा प्रवक्ता अशोक सिग्देलले भन्नुभयो । उहाँले इन्धनको समस्याका कारण काठमाडौँदेखि भैरहवा हुँदै टरिगाउँ विमानस्थलमा विमान अवतरणको तयारी रहेको जानकारी दिनुभयो ।

प्रवक्ता सिग्देलले परीक्षण उडान गरेसँगै विमानसेवा दशैँअगाडि सम्मका लागि सातामा दुई पटक सम्भवतः सोमबार र शुक्रबार सञ्चालन हुने समेत बताउनुभयो । सिग्देलले परीक्षण उडानको रिपोर्ट पेश भएसँगै नागरिक उड्डयन प्राधिकरणले अध्ययन गरेर सहमति दिएपछि उडान तालिका बनाइने बताउनुभयो । “साताभित्र सबै प्रक्रिया पूरा गरेर विमान सञ्चालन हुनेछ,” उहाँले भन्नुभयो ।

नेपाल एयरलाइन्सले उडान भर्ने भएकाले अन्य विमान कम्पनीको भन्दा कम भाडा तय हुने नगरप्रमुख पाण्डेले बताउनुभयो । उहाँले सातामा दुई पटक सञ्चालन हुँदा रु ६ हजारसम्म र त्यसपछि रु पाँच हजारभन्दा कम भाडा तय हुने बताउनुभयो । तुलसीपुर विमानस्थल लामो समय सञ्चालनमा नआउँदा हवाईसेवा प्रयोग गर्ने यहाँका यात्रु भैरहवा र नेपालगञ्ज जान बाध्य थिए । महँगो भाडाका कारण पाँच महिनादेखि हवाईसेवा बन्द थियो । तुलसीपुर उपमहानगरपालिकाले गत भदौ ३१ गते हवाईसेवा सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, दाङका सम्पूर्ण सभासद् र निगमका प्राविधिक कर्मचारीको सहभागितामा विमानस्थलमै अन्तरक्रिया कार्यक्रम गरेको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter