तलेजु भवानी मन्दिरको व्यवस्थापन सुरु

golden-templeकाठमाडौँ, असोज १६ गते । बडादसैँका अवसरमा महानवमीका दिन दुई लाखभन्दा बढी भक्तजन तलेजु भवानीको दर्शन गर्न आउने अनुमानसहित यहाँ व्यवस्थापन सुरु भएको छ । हनुमानढोका दरबार स्थित दसैँघरकम सोही अनुमानका साथ जमरा र टीका लिन आउनेका लागि पनि व्यवस्था गरिएको छ ।

दरवारका पर्वपूजा संयोजक मिठाराम पुडासैनीका अनुसार दसैँघरमा राखिएको जमरा र टीका विगतमा अपर्याप्त भएकोले यो पल्ट कमी नहोस् भनेर काम थालिएको छ । भूकम्पले भत्काएको तलेजु भवानी मन्दिरमा भक्तजनको सहज आवागमन व्यवस्था अपनाइएको छ ।

अंशवण्डा गरेर अलग वसेका, घर झगडा भई एकै थलोमा टीका लगाउन नचाहने, टुहुराले विशेष गरी हनुमानढोका दरवारस्थित सरकारी दसैँघरबाट टीका जमरा लगाउने गरेका छन् ।

मखन महादेव क्लव, सिन्ह स्वाँ खलः, गङ्गा क्लवलगायतका स्थानीय क्लवले तलेजु मन्दिरमा हुने भीडको व्यवस्थापन गर्ने भएका छन् । योपल्ट अन्य वेला भन्दा आधा घण्टा अघि नै तलेजु मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ ।

पुडासैनीका अनुसार बिहान ४ बजे नै मन्दिर खुला हुन्छ भने यो बेला आउनेले मूलचोकमा हुने ५४ राँगा ५४ बोका बली हुने कालरात्रिको अवलोकन समेत गर्न पाउने छन् ।

नासलचोक त्रिशूलचोक लगायतका ऐतिहासिक स्थलको पनि अवलोकनको व्यवस्था गरिएको छ । स्थानीय गङ्गा क्लवका अध्यक्ष दिनेशमान जोशीले क्लवले सो व्यवस्थापनलाई सहयोग गरिरहेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter