आमसंचार माध्यममा विपद्का बेला ज्येष्ठ नागरिक प्रति बेवास्ता

RDC Newsकाठमाडौं, १६ असोज / विपद्का बेला संचार माध्यमहरुमा ज्येष्ठ नागरिकका आवाज बुलन्द नहुने र उनीहरु अक्सर अदृष्य रहने एक अध्ययनले देखाएको छ ।

“२०७२ को महाभूकम्प पश्चात् तीन ठूला अखवारमार्फत् तीन महिनासम्म ज्येष्ठ नागरिकसम्बन्धी जम्मा तीन दर्जन सामाग्रीहरु मात्र प्रकाशित भए,” विश्व ज्येष्ठ नागरिक दिवसका अवसरमा अधिकार तथा गरिमा केन्द्रद्वारा आयोजित एक पत्रकार भेलामा अध्येता चुनबहादुर गुरुङले भन्नुभयो, “प्रकाशित कुल समाचारमध्ये निजी क्षेत्रको एक नेपाली दैनिक पत्रिकाले जम्मा समाचारको ५९ प्रतिशत प्रकाशन गरेको पाइयो भने अग्रेजी दैनिकले १४ प्रतिशत गर्दाे सरकारी संचार माध्यमले भने २७ प्रतिशत मात्र ज्येष्ठ नागरिक सम्बन्धी सामाग्री प्रकाशन गरेको पाइयो ।” अझ उदेक लाग्दो कुरा त के छ भने, एघार संचार माध्यमले संप्रेषण गरेको समाचारमा ज्येष्ठ नागरिकसम्बन्धी कुनै चियोचर्चा गरेकै पाइएन ।

यसले माथि उल्लेखित अनुसन्धान नतिजालाई पछ्याएको छ । राष्ट्रिय मानवअधिकार आयोगद्वारा केही वर्षअघि सम्पन्न ज्येष्ठ नागरिकसम्बन्धी दूव्र्यवहार सम्बन्धी एक अध्ययनले यसै तथ्यलाई पुष्टी गरेको छ । अध्ययनले के देखायो भने, ज्येष्ठ नागरिकको समाचार प्रहरीमा आपराधिक मुद्धाका रुपमा दर्ता भएपछि मात्र ती घटना वा दुव्र्यवहार समाचारका रुपमा समेटिने गरेको पाइयो ।

प्रकाशित खबरहरु पनि समाचारपत्रका कुनो पातोमा खुम्च्याइएको अध्ययनले देखाएको थियो । विपद्का बेला आमसंचारका माध्यमहरुको अहम् भूमिका रहन्छ । “तर विपद्को उद्धार चरणमा अधिकांश ज्येष्ठ नागरिक जीवनरक्षा सम्बन्धी सूचनाका निम्ति परिवार, साथीभाई र छिमेकीका भर पर्ने गरेका छन्” गुरुङले भने, “६२.२० प्रतिशत उत्तरदाताहरु जीवनरक्षक सूचनाका निम्ति परिवार, साथीभाई र छिमेकीका भर पर्छन् भने २२.८३ प्रतिशत ज्येष्ठ नागरिकहरु स्थानीय एफएम रेडियोमा निर्भर रहने गरेको पाइयो ।”

यस अध्ययनको नतिजाले अन्तर्राष्ट्रिय संचारमाध्यमले चित्रण गर्ने गरेको जस्तो, विदेशी दाताहरुको सहायोगबाट मात्र ज्येष्ठ नागरिक सुरक्षित हुने कुरालाई गलत सावित गरिदिएको छ । साथै विपद्का बेला ज्येष्ठ नागरिकको जिवन रक्षालाई गलत रुपमा चित्रण गर्ने गरेको तौरतरिकालाई चुनौति दिएको छ ।अझै पनि, विदेशी संचारमाध्यमहरुले ज्येष्ठ नागरिकका साथै विपद् प्रभावित समुदायहरु सहायता विहीन हुने र बाहिरी अनुदानले मात्र बाँच्ने तस्वीर चित्रण गर्ने गर्दछन्।

जनसांख्यिक सूचकांकका अनुसार अबको विश्व, “ज्येष्ठ नागरिकहरुको संसार” का रुपमा रुपान्तरित हुदैछ । यसबाट नेपाल पनि अछुतो रहन सक्दैन । उच्चदरमा वृद्धि भइरहेको ज्येष्ठ नागरिकहरुबारे आमसंचारका दृष्टिले निरन्तर अनुसन्धानमा विशेष ध्यान दिनुपर्ने अध्ययनले देखाएको छ । गलत ढंगले संप्रेषित खबर र उल्टो बुझाइँका कारण विपद्का बेला जिवन रक्षामा झन गम्भिर समस्या खडा हुने भएकोले समाचार संप्रेषण, लेखन र सामाजिक सन्देश प्रसारण बारेमा गर्दा थप अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter