छ महीनाभित्रै भैरहवा विमानस्थल सञ्चालनयोग्य

Pokhara_Airportकाठमाडौँ, असोज १८ गते ।निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग (रनवे)बाट अबको ६ महीनाभित्र विमान उड्ने भएको छ ।

सन् २०१९ को १६ जुलाईअघिनै सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण भइरहेको उक्त विमानस्थलको रनवेको अहिले कालोपत्र गर्ने काम भइरहेको छ । करीब चार महीनाभित्र कालोपत्र सकेपछि नयाँ रनवेबाट विमान उडाउन सकिने आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई उच्च प्राथमिकतामा राखेर निर्माण अघि बढाइएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बढ्दो चाप न्यूनीकरणका लागि केही हदसम्म यो विमानस्थलले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

गौतमबुद्ध विमानस्थलको हाल भौतिकतर्फ ५५ प्रतिशत प्रगति भएको उक्त आयोजना हेर्ने क्यानका निर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिनुभयो । धावनमार्गको काम ६ महीनामा सकिए पनि विमानस्थललाई पूर्णरुपमा सञ्चालनका लागि भने झण्डै एक वर्ष लाग्नेछ । धावनमार्ग बनेपछि महत्वपूर्ण पाटो ‘कम्युनिकेसन नेभिगेसन’ उपकरण जडानको कामलाई तीव्रता दिइनेछ । सो कार्यका लागि अहिले बोलपत्र आह्वान भइसकेको छ ।

“छ महीनाभित्र धावनमार्गमा विमान उडाउन सकिनेछ, अरु महत्वपूर्ण सञ्चार प्रणाली जडान र भवनको भित्री कामका लागि थप समय लाग्न सक्छ, त्यसैले सिभिल निर्माणसहित सबै प्राविधिक पक्षको काम सकेपछि सन् २०१९ भित्र विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउछौँ”, निर्देशक अधिकारीले भन्नुभयो । विमानस्थलको टर्मिनल भवनको छानो हाल्ने बाँकी काम दुई महीनाभित्र सकिने छ । विमानस्थल परिसरमै रु एक अर्ब लागतको कार्गो भवन निर्माण गरिनेछ, त्यसका लागि प्रक्रिया अघि बढाइएको क्यानले जनाएको छ ।

आयोजनाका लागि करीब ५०० बिघा जग्गा अधिग्रहण गर्नुपर्नेछ । अहिलेसम्म अधिग्रहण गर्न रु १० अर्ब खर्च भइसकेको छ । बाँकी अधिग्रहणका लागि रु ११ अर्ब चाहिने अधिकारीले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गौतमबुद्ध विमानस्थलको ६ महीनाभित्रै नयाँ धावनमार्गबाट उडान शुरु गर्ने तथा सन् २०१९ सम्ममा त्यहाँबाट अन्य उडान गरिने बताउनुभयो । उक्त आयोजनासम्बन्धी हालैको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकलाई जानकारी गराउदै मन्त्री अधिकारीले भन्नुभयो, “भैरहवा विमानस्थलको सबै कामलाई सँगसँगै अघि बढाएका छौँ, छ महीनामा अन्तराष्ट्रिय रनवेबाटनै विमान उडाउन सक्र्छौं आपत् पर्दा त्यहा विमान लैजान सक्छौँ ।”

भैरहवा विनमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा सञ्चालनमा आउनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक ७० लाख यात्रु क्षमता रहेको छ । विमानस्थल निर्माणका लागि रु २३ अर्ब मुआब्जा वितरणमा खर्चनुपर्नेछ । विमानस्थलको पूर्वाधारका लागि मात्रै लागि करीब रु आठ अर्ब लाग्ने जनाइएको छ । धावनमार्ग जम्मा तीन हजार मिटर लामो र ६० मिटर चौडाइको हुनेछ । बहुप्रतिक्षित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनेमा ६ करोड यात्रु क्षमता धान्नेछ ।

क्यानका महानिर्देशक सञ्जीव गौतमले विमानस्थल निर्माणको काम प्रभावकारीरुपमा अघि बढेको जानकारी दिँदै अबको ६ महीनामा अन्तर्राष्ट्रिय विमानस्थल चलाउँछौँ भनेर अन्तर्राष्ट्रियरुपमा जानकारी गराइने उल्लेख गर्नुभयो । “गौतमबुद्धको काम रफ्तारमा भौतिक तथा प्राविधिक सँगसँगै अघि बढेको छ । अन्तर्राष्ट्रिय विमान्स्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय जगतमा जानकारी गराउनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्न चाहेमा पनि तीनदेखि ६ महीनाअघिनै उनीहरुलाई खबर गर्नुपर्ने भएकाले त्यसैअनुरुपको तयारी गरेका छौँ”, उहाँले भन्नुभयो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन महत्वपूर्ण पूर्वाधारका रुपमा पनि काठमाडौँपछि भैरहवा विमानस्थललाई लिइएको छ । एक वर्षभित्र भैरहवा सञ्चलानमा आउने र हाल २२ घण्टा सञ्चालनमा रहेको त्रिभुवन विमानस्थललाई निकट भविष्यमै २४ घण्टा सञ्चालन अवधि पु¥याइनेछ । यसैबीच राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिको यही असोज १५ गतेको बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको एक वर्षभित्रै सम्पन्न गर्ने गरी सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter