औलोका बिरामी घट्दै; रोग पहिचान र उपचार शुरु

dengue-mosquito-biteबैतडी,असोज २२ गते । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा पछिल्लो समय औलोका बिरामी घट्दै गएका छन् ।

औलो प्रभावित तल्लोस्वराडको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा देखिएको औलो पछिल्लो समयमा कम हुँदै गएको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्रका स्वास्थ्य सहायक मुकेश दयालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७३÷७४ मा तल्लोस्वराडमा ६१ औलोका बिरामी फेला परेकामा गत आवमा २५ जनामा र चालू आवको तीन महीनामा ११ बिरामी फेला परेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाले औलोका बिरामी घट्दै गएको उक्त कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डे्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँमै गएर औलोको पहिचान र उपचार गर्न थालेपछि रोग कम हुँदै गएको हो ।” औलो प्रभावित क्षेत्रमा उक्त कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा औषधि, स्प्रे र गर्भवतीलाई झुल वितरण गरेको थियो । सरकारले सन् २०२५ भित्र औलो रोग उन्मूलन गर्ने लक्ष्य लिएकाले सोहीअनुसारका कार्यक्रम सञ्चालन हुँदै आइरहेका छन् ।

रोग पहिचान र उपचार शुरु

औलो प्रभावित तल्लोस्वराड र शिवनाथ गाउँपालिका–१ र ३ मा औलोको पहिचान तथा उपचार कार्यक्रम शुरु गरिएको छ । यसअघि पनि सो ठाउँमा औलोका बिरामी फेला परेकाले पछिल्लो अवस्थाबारे जानकारी लिनका लागि रोगको पहिचान तथा उपचार कार्यक्रम शुरु गरिएको स्वास्थ्य सहायक दयालले जानकारी दिनुभयो ।

सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालयले गत वर्षदेखि नै तल्लोसोराड क्षेत्रमा औलोको पहिचान तथा उपचार सेवा सञ्चालन गर्दै आएको हो । एनोफिलिस नामको पोथी लामखुट्टेको टोकाइबाट औलो सर्ने भएकाले यसको रोकथामका लागि वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने, सुत्दाखेरी झुल हालेर सुत्नु पर्नेलगायतका सुझाव स्वास्थ्यकर्मीले दिएका छन् । औलो प्रभावित क्षेत्रका गर्भवतीलाई झुल वितरण गर्ने कार्यक्रमसमेत सँगसँगै चलिरहेको उक्त कार्यालयले जनाएको छ । सन् २०२५ भित्र नेपालमा औलो उन्मूलन गर्ने सरकारको लक्ष्य छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter