सुपरमाईको उत्पादन दुई वर्षअघि नै

electricity-11कोकिला ढकाल / इलाम, असोज २२ गते । इलाम नगरपालिका ५ बरबोटे र वडा २ सुम्बेकस्थित माईखोलामा निर्माण हुँदै गरेको ७.८ मेगावाटको सुपरमाई जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा छ । आगामी असोज २५ गते परीक्षण गर्ने तयारी रहेको आयोजनाले जनाएको छ । २०७७ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिए पनि दुई वर्ष अगावै आयोजना सम्पन्न हुने चरणमा रहेको आयोजनाको निर्माणकर्ता भूगोल इन्फास्ट्रक्चर कम्पनी प्रालिका अध्यक्ष मोहनविक्रम कार्की अध्यक्षले जानकारी दिनुभयो ।

आयोजनाका लागि सानिमा बैङ्क लिमिटेड, सिद्धार्थ बैङ्क लिमिटेड, सेन्चुरी कमर्सियल बैङ्क लिमिटेड र ज्योति विकास बैङ्क लिमिटेडको एक अर्ब दश करोड र सञ्चालकहरूबाट ४० करोड गरी एक अर्ब ५० करोड रुपियाँको लगानीमा रहेको छ ।

विद्युत् उत्पादनका लागि तीन हजार २३५ मिटर लामो र २.३ मिटर ब्यास भएको हेडरेस पाइपमाफ्र्mत माईखोलाको पानी फर्काइएको छ । तीन सय मिटर लामो पेनस्टक पाइपबाट ल्याइएको पानीले विद्युत् गृहमा जडित दुईवटा ३९ सय किलोवाट क्षमताको होरिजेन्टल एक्सिस भएको फ्रान्सिस टर्वाइनहरू सञ्चालन हुने र यहाँ जडान गरिएका दुईवटा वटा ‘थ्री फेज एसी सिनक्रोनस’ जेनेरेटरमार्फत ७८ सय किलोवाट विद्युत् उत्पादन गरिने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

आयोजनाबाट वार्षिक सरदर ४७.३९ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन जनाइएको छ । आयोजना सम्पन्न भएपछि यसले उत्पादन गरेको ऊर्जा शक्ति काबेली कोरिडोरमा जोडिने बताइएको छ ।

यता इलामको सिद्धिखोलामा पनि सिद्धिखोला जलविद्युत् आयोजनाको काम सुरु भएको छ । रोङ गाउँपालिकाको रम्याङ फेदीमा बाँध बाँधेर सलकफुर फेदीमा पावर हाउस निर्माण गर्ने योजना रहेको निर्माणकर्ता मैनाचुली निर्माण सेवा प्रालिले जनाएको छ । कुल एक अर्ब ८३ करोड रुपियाँ लगानी रहने आयोजनाका लागि एक अर्ब २७ करोड रुपियाँ प्राइम कमर्सियल बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्कले आधा–आधा लगानी गर्ने सम्झौता भइसकेको लगानीकर्ता मदन अधिकारीले जानकारी दिनुभयो ।

‘एक्सेस रोड बनिसक्यो, साइड क्याम्प’ बन्दैछ, अधिकारीले भन्नुभयो, दसैँलगत्तै टर्वाइन पाइपको एल्सी खोलिने छ र तिहारपछिदेखि आयोजनाको थप काम अघि बढ्ने छ । आयोजनामा बाँकी लगानी लगानीकर्ताको इक्युटी सेयरबाट हुने लगानी कर्ता अधिकारीले जानकारी दिनुभयो । लगानीकर्ताहरू ५० देखि एक सय जनाले भित्रका एक लाखदेखि तीन करोड रुपियाँसम्म लगानी गरेको अधिकारीको भनाइ छ । २०७७ साउन मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट दश मेगावाट विद्युत् उत्पादन हुने र पावर हाउसबाट १६ किलोमिटर ट्रान्समिसन लाइन भएर फिक्कलस्थित विद्युत् प्राधिकरण सव–स्टेसनमा जडान गरिने बताइएको छ ।

सिद्धिखोलासँगै जिल्लामा अन्य आयोजना पनि धमाधम निर्माण भइरहेका छन् । इलामकै सुम्बेकमा ९.१ मेगावाटको सगरमाथा जलविद्युत् आयोजना निर्माण सुरु हुन लाग्दैछ । काम सुरु गर्न अन्तिम तयारी भइरहेको आयोजनाले जनाएको छ ।

पुवाखोलामा ४ मेगावाटको पुवाखोला २, माइबेनीमा ९.२ मेगावाटका आयोजना पनि काम सुरु गर्ने तयारीमा छन् । जिल्लामा सानिमा माई, पञ्चकन्या, हिमाल दोलखा, पुवाखोला, पुवाखोला १ र जोगमाई आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । क्यासकेडसहितका चार आयोजनाले दुई वर्षयता मात्रै उत्पादन सुरु गरेका थिए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter