सीमा नाकाको निरीक्षण

trilochan-bhattaधनगढी, असोज २४ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज सीमावर्ती गौरीफन्टा नाकाको निरीक्षण गरी उक्त नाका हुँदै भित्रिइरहेका नागरिकले झेल्नु परेको समस्याका बारेमा जानकारी लिनुभएको छ ।

चाडपर्वको समयमा उक्त नाका हुँदै भित्रिने नेपालीमाथि ज्यादती हुने गरेको गुनासो बढेपछि मुख्यमन्त्री भट्टले आज निरीक्षण गर्नुभएको हो । सुदूरपश्चिम प्रदेशमा गौरीफन्टा नाका नेपालीको आवागमन हुने मुख्य नाका हो ।

वडादशैंँ र तिहार पर्व नजिकिएसँंगै यति बेला सो नाका हुँदै दैनिक चार सयदेखि हजार नेपाली स्वदेश भित्रिइरहेको बताइएको छ । यसरी भित्रिनेसँग सीमाका अधिकारीले अनावश्यक रुपमा दुःख दिने गरेका घटना बेलाबखत हुने गरेका छन् । विद्युतीय रिक्सालगायतका सवारी साधनले स्वदेश फर्किने नागरिकबाट मनपरी भाडा असुल्ने गरेको गुनासो पनि बढेको छ । मुख्यमन्त्री भट्टले सीमामा आवागमन गर्नेको सहयोगका लागि भारतीय सीमा सुरक्षा बल (एसएसबि) र सशस्त्र प्रहरी बलको पहलमा गौरीफन्टा सीमा नजिक स्थापना गरिएको ‘संयुक्त हेल्प डेस्क’ ले गर्ने कामका बारेमा समेत जानकारी लिनुभयो ।

उहाँले त्रिनगर प्रहरी चौकीमा हालै स्थापना गरिएको मलेरिया रोगको परीक्षण, उपचार तथा परामर्श सम्बन्धी ‘हेल्थ डेस्क’ को गतिविधि बारेमा जानकारी लिनुभयो । कैलाली भन्सार कार्यालयको निरीक्षण गर्दै मुख्यमन्त्री भट्टले सीमामा अवैध चोरी र कारोवार रोक्न कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance

Teacher quits job and takes to kiwi cultivation




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter