पशुवली रहित दशै मनाऊ भन्दै राजधानीमा बृहत मोटरसाइकल र्याली

Motorcycle Ralleyकाठमाडौँ, असोज २४ गते । श्रीकृष्ण प्रणामी यूवा परिषदको आयोजना र विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थाहरु सहित उपत्यकामा यस वर्ष पशुवली रहित अहिंसा मय दशै मनाऊ भन्दै बृहत मोटरसाइकल र्यालीको आयोजना सम्पन्न भएको छ ।

उपत्यकाका तिनै जिल्ला समेटेर गरिएको उक्त र्याली उपत्यका का विभिन्न मठ मन्दिर हुदै जैन मन्दिरमा पुगी समापन समारोह अहिंसा गोस्ठी सहित समपन्न गरिएको थियो । अहिंसा गोष्ठिलाई सम्बोधन गर्दै नेपाली काग्रेसका नेता तथा पुर्व मन्त्रि डा.प्रकाश शरण महतले हत्या,हिंसा, बलत्कार जस्ता सामाजिक विकृती न्युनिकरण गर्न शाकाहारी भोजनको ठुलो महत्व रहने बताउनु भयो । वहाले माहात्मा गान्धिको अहिंसा अभियान सफल हुन पनि शाकाहार जिवनले प्रेरणा दिएको र समाजलाई शान्त,सद्रभाव,प्रेम,दया,करुणा,भाइचारा अभिबृद्धि गर्न शाकाहार ब्यक्तिहरुको योगदान रहने बताउनु भयो ।

वलीका नाममा जिव जन्तुको हत्या नगर्नु का साथै आफुमा रहेका काम,क्रोध,लोभ,अहंकार जस्ता अवगुणको वली दिनु उतम हुने डा. महतले बताउनु भयो । यसै गरि श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका अध्यक्ष श्याम केसीले हिन्दु धर्मका गिता, भागवत,रामायण जस्ता मुल ग्रन्थहरुमा पशु वली गर्नु पर्छ भनि कतै उल्लेख नभएको र मठ मन्दिरमा परंपराका रुपमा निर्दोस पशु हत्या भैरहेको हुदां पवित्र मठ मन्दिरमा अव देखी वलीका नाममा अवोध पशु पन्छिको वली नगरौ भन्ने सबैमा अनुरोध गर्नू भयो । वहाले देवी माताले आफ्नै सन्तानको रगत न माग्ने हुदां आजैबाट पशु वली त्यागौ भन्नु भयो । अर्का बक्ता श्रीकृष्ण प्रणामी यूवा परिषदका अध्यक्ष नवराज ढकाले सार्वजनिक स्थल,मठ मन्दिरहरुमा पशु पन्छिको वली दिनु गलत कार्य हो र वली भनेको आफु भित्रका दुर्गुणहरुको वली दिई देवी माता प्रति समर्पण हुनु नै वास्तविक वली हो भन्नु भयो ।

वहाले यूवा परिषद्ले विगत १६ वर्ष देखि पशु पन्छिको वली निषेध र शाकाहारी बनौ भन्ने जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएको र यस बाट धरै मठ मन्दिरहरुमा पशु वली गर्न छाडेको जानकारी गराउनु भयो । वहाले पशुवली निषेद र शाकाहारी अभियान सम्बन्धी जनचेतना देशका विभिन्न जिल्लाहरुमा नियमित संचालन हुदै आएको समेत जानकारी दिनु भयो । यसै गरि जैन परिषदका अध्यक्ष फुल कुमार ले शाकाहारी वली प्रथा विरुद्धमा सबै अहिंसा प्रेमी सस्था संग मिलेर अहिंसा अभियान संचालन गर्ने बताउनु भयो ।

सो समारोहमा पुरा तत्व विभागका माहानिर्देशक भेषराज दाहालले सब्य समाजका लागी शाकाहारी आधार हो भन्दै आज विश्वमा शाकाहारी प्रति आकर्षन बड्रदो क्रममा रहेको बताउनु भयो । सो समारोहमा शाकाहारी संघका अध्यक्ष हरि कुमार सिलवाल,तेरा पन्थ महिला संघकी अध्यक्ष मन्जु जैन, नेपाल अणुव्रतका अध्यक्ष ज्योती कुमार बेगानी लगायतका बक्ताहरुले अहिंसा र शाकाहारीका बारेमा बोल्नु भएको थियो । सो अवसरमा अहिंसा हाम्रो संकार,शाकाहार हाम्रो पहिचान विषक गोष्ठिको आयोजना गरिएको थियो । सो अवसरमा भारत मुम्बैका महाजन समाजबाट श्रीकृष्ण प्रणामी यूवा परिषदलाई अहिंसा अभियानका लागी १० थान साउण्ड सिस्टम हस्तान्तरण गरिएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance

Teacher quits job and takes to kiwi cultivation




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter