पशुपतिमा ६८ करोड भेटि

Pashupati Templeसरोज आचार्य / काठमाडौँ, असोज २६ गते । पशुपतिनाथलाई पछिल्लो सात वर्षमा ६८ करोड २० लाख रुपियाँ भेटी प्राप्त भएको छ । पशुपति क्षेत्र विकास कोषले गत आर्थिक वर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटिका आधारमा यो तथ्य सार्वजनिक गरेको हो । पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड रुपियाँको हाराहारीमा भेटी प्राप्त भइरहेको जानकारी दिनुभयो । २०६८ अघि पशुपतिनाथको भेटी गणना गर्ने परम्परा थिएन ।

यो वर्षमा साउन महिनाको सोमवार, बोलबम यात्रा, हरितालिका तीजपर्व र जनैपूर्णमामा प्राप्त भेटी भने गणना भइरहेको छ । पशुपति विकास कोषका अनुसार भेटी गणनामा १२ जनाभन्दा बढी कर्मचारी खटिएका छन् ।. तीनवर्ष अघि २०७२ सालको भूकम्प र यसपछिको एकवर्ष पशुपतिनाथलाई कम भेटी प्राप्त भएको थियो ।

वार्षिक १३ करोड रुपियाँको हाराहारीमा प्राप्त भेटी भूकम्पका बेला नौ करोड ७६ लाख रुपियाँमा सीमित हुन पुगेको थियो । २०६८ चैत २६ गते पशुपतिनाथ भेटीघाटी व्यवस्थापन नियमावली लागू भएपछि विगतमा यहाँको भेटी पशुपतिनाथका पुजारी तथा भण्डारीले बाँडीचुँडी भाग लगाई लैजाने परम्परा अन्त्य भएको थियो ।

नियमावलीपछि पशुपति क्षेत्र विकास कोषले भेटीलाई बैङ्कमा राख्ने प्रवन्ध गरको छ । मूलपुजारीसहित भण्डारीको तलव भत्ता, मन्दिर भित्रका निर्माण कार्य तथा व्यवस्थापनमा हुने खर्च भेटीमा प्राप्त रकमबाट गरेको छ ।

खर्च कटाएपछि हालसम्म २० करोड रुपियाँ भेटी बचत भएको छ भने झण्डै गणना भइरहेको साउने सोमवार तीज र जनै पूर्णिमा र दैनिक प्राप्त भेटी गरी यत्तिकै हाराहारीमा रकम वचत हुने अवस्था छ ।

उपनिर्देशक प्रेमहरि ढुङ्गानाका अनुसार नयाँ गुरुयोजना तयार भएपछि मात्र नयाँ निर्माण कार्य अगाडि बढ्ने भएकोले अहिलेलाई भूकम्पले भत्काएको बिगारेको निर्माण कार्य मात्र कोषले गरिरहेको छ । गुह्येश्वरीको तीनवटा सत्तल, विश्वरुप रक्षेश्वर सत्तल, गोरखनाथका केही सत्तल कोषले पुनः निर्माण गरेको छ । पशुपति क्षेत्रमा पुनः निर्माण प्राधिकरण, आफ्नै स्रोत र सरकारका अन्य निकायले पनि निर्माण कार्य गर्दै आएका छन् ।

भूउपयोग सहितको गुरुयोजनाको सिलसिलामा नापी विभागले यस क्षेत्रको हालै सिमाङ्कन तथा रेखाङ्कन कार्य सम्पन्न गरेको छ । कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार वृद्धाश्रम, योगकेन्द्र, ध्यानकेन्द्र, शास्त्रीय सङ्गितकलाशाला, गौशाला लगायतका निर्माण कार्य नयाँ गुरुयोजनामा प्रस्तावित छन् । समस्त हिन्दुको गन्तव्य स्थलको रुपमा यसलाइ विकास गरिँदैछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter