कृषि, पर्यटन, जलस्रोत विकासमा स्पेनको अनुभव अनुकरणीय

agricultureकाठमाडौँ, असोज २६ गते । कृषि, पर्यटन, जलस्रोत लगायतका क्षेत्रको नवीनतम प्रवद्र्धनमा नेपालले स्पेनबाट धेरै ज्ञान लिन सक्ने धारणा विज्ञहरुले औँल्याउनुभएको छ ।

युरोपिनय युनियनमा फ्रान्सपछि दोस्रो आर्थिक समृद्धि हासिल गरिरहेको स्पेनले आफ्नो जनसङ्ख्याभन्दा बढी विदेशी पर्यटक भित्र्याउन गरेको उदाहरण दिँदै उहाँहरुले त्यही पर्यटकबाट उठ्ने विप्रेषणबाट आर्थिक समृद्धि हासिल गरेको बताउनुभयो । स्पेनको राष्ट्रिय दिवसका अवसरमा नेपाल स्पेन मैत्री सङ्घद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा सहभागीले कृषि क्षेत्रमा गरेका यान्त्रिकीकरण तथा ऊर्जा (जलस्रोत तथा वैकल्पिक) क्षेत्रमा स्पेनले गरेको विकासबाट नेपालले ज्ञान लिनुपर्ने सुझावसमेत दिनुभयो ।

स्पेनको जनसङ्ख्या करीब चार करोड ६४ लाख पुगेको छ । उसले वार्षिकरुपमा आठ करोड पर्यटक भित्र्याउने गर्दछ । साढे जुुधाई जात्रा विदेशी पर्यटकलाई आकर्षण गर्ने जात्रा बनिरहेको छ । स्पेनको क्याटलोनीय र बार्सिलोना शहर प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ ।

कृषि क्षेत्रमा जैतुनको तेल उत्पादन गर्ने विश्वको धनी देश स्पेन नै हो । उसको करीब पाँच लाख वर्गकिलोमिटर जमीनमा कृषि उत्पादन हुने गर्दछ । साथै ऊर्जा क्षेत्रमा पनि स्पेन धनी रहेको छ । पूर्वसचिव एवं परराष्ट्रविद् डा मदन भट्टराईले नेपालले स्पेनबाट विशेष गरी कृषि, पर्यटन र ऊर्जा विकासका क्षेत्रबाट ज्ञान लिनुपर्ने धारणा राख्नुभयो ।

सङ्घका संरक्षक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठले पर्यटनका माध्यमबाट स्पेनले आर्थिक समृद्धिमा हासिल गरेको चर्चा गर्दै नेपालको पर्यटन प्रवद्र्धनमा सरकारले विशेष लगानी गर्नुपर्छ भन्नुभयो । काठमाडाँै महानगरपालिका र स्पेनको मेड्रिक शहरका बीच भगिनी सम्बन्धसमेत कायम भएको छ । कार्यक्रममा सङ्घका अध्यक्ष वासुदेव गिरी, उपाध्यक्षद्वय सुरेन्द्र श्रेष्ठ, कृष्ण अर्याल तथा महासचिव कृष्ण अर्यालले नेपाल स्पेनबीचका विविध क्षेत्रमा जानकारी दिनुभएको थियो । उहाँहरुले दुवै मुलुक लाभान्वित हुनेगरी आगामी दिनमा व्यापार, उद्योग तथा पर्यटन विकासमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance

Teacher quits job and takes to kiwi cultivation




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter