एनआरएनएको पहिलो विधानसभा शुरु; आजदेखि विश्व विज्ञ सम्मेलन

NRNA-image-300x225काठमाडौँ, असोज २६ गते । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)को विधानसभा काठमाडौँमा शुरु भएको छ । सन् २००३ मा स्थापनापछि पहिलो पटक विधानसभामार्फत संशोधनको विषय प्रवेश गरेको प्रवक्ता भुषण घिमिरेले जानकारी दिनुभयो ।

यसअघि अधिवेशनमा विधानका विषयमा छलफल हुने गरेको भए पनि विधान संशोधनकै लागि केन्द्रित रहेर आयोजना भएको विधानसभा भने यो पहिलो हो । सल्लाहकार डा हेमराज शर्माको संयोजकत्वमा बनेको विधान समितिले सभामा संशोधन प्रस्ताव पेश गरेको घिमिरेले जानकारी दिनुभयो । आज दिनभर सो प्रस्तावमाथि छलफल हुनेछ ।

हाल तीन उपाध्यक्ष रहेकामा थपेर विषयगतरूपमा पाँच उपाध्यक्ष पु¥याउने गरी संशोधन प्रस्ताव पेश गरिएको छ । वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला हेर्ने गरी छुट्टाछुट्टै उपाध्यक्ष राख्न लागिएको हो । एनआरएनएको दुईवर्षे कार्यकाललाई तीन वर्षे बनाउने प्रस्तावमा उल्लेख छ ।

प्रतिएक हजार सदस्य बराबर १०० जना सम्मेलन प्रतिनिधि रहने गरेकामा यसपटक त्यसलाई समेत संशोधन गरिने प्रवक्ता घिमिरेले बताउनुभयो । आज पारित संशोधन प्रस्ताव तीन महीनापछि बोलाइने विशेष महाधिवेशनमार्फत अनुमोदन गरिने जनाइएको छ ।

आजदेखि विश्व विज्ञ सम्मेलन

विधानसभापछि पहिलो ‘विश्व विज्ञ सम्मेलन’ आज साँझदेखि शुरु हुँदैछ । साँझ ६ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ । विज्ञ सम्मेलनमा कृषि, जलविद्युत् यातायात, वातावरण प्रदूषण नियन्त्रण, ऊर्जा, पूर्वाधार विकास, व्यावसायिक शीप, स्वास्थ्य र शिक्षालगायतका विषयमा छलफल हुने एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिनुभयो ।

गैरआवासीय नेपालीले विदेशमा सिकेको ज्ञान, सीपको उपयोग र यसमा आइपर्ने चुनौतीबारे छलफल तथा विभिन्न अध्ययन अनुसन्धान र अन्वेषणमा सहभागि विज्ञ, लगानीकर्ता र सरकारी प्रतिनिधिबीच अन्तक्र्रिया हुनेछ । सम्मेलनमा नेपालसँग जोडिएका विदेशी विज्ञ, परराष्ट्रविद्, नीति निर्माता, स्वतन्त्र बुद्धिजीवि, निजी क्षेत्रकोसमेत सहभागिता रहने जनाइएको छ । कूल १६० कार्यपत्र प्रस्तुत हुने सम्मेलनमा ३५० प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनले विदेशी भूमिमा सिकेको सीप र पूँजीलाई नेपालको विकासमा लगानी गर्न वातावरण तयार पार्ने विश्वास लिइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance

Teacher quits job and takes to kiwi cultivation




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter