विजयादशमीको टिका लगाउन सुरु; राष्ट्रपतिले लगाइदिइन विशिष्ट ब्यक्तिलाई टीका; पूर्वराजाद्वारा सर्बसाधारणलाई दसैंको टिका

dashainकाठमाडौँ, कार्तिक ०२ गते । बिहान ९:५१ बजेको शुभ साइतदेखि विजयादशमीकाे टिका लगाउन सुरु गरिएकाे छ । आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दसैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ ।

आज विजयादशमीको टीकाको शुभसाइत बिहान ९:५१ बजेदेखि जुरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादसैं पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ ।

असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ । कृषिका औजार अन्नबालीको पूजा गर्ने परम्पराका रूपमा पनि दसैंलाई लिइन्छ ।

राम्रा राम्रा पोशाकमा सजिएका, निधारभरि दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ ।

स्वदेश वा विदेशमा रहेका नेपालीहरु आजको दिन सपरिवार एकत्रित भई विजयादशमीको टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्दछन् ।

राष्ट्रपतिले लगाइदिइन विशिष्ट ब्यक्तिलाई टीका

विजयादशमीको अवसरमा शुक्रबार राष्ट्रपति विद्या देवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, कर्मचारी, सुरक्षाकर्मी लगायतलाई टीका लगाइदिएकी छन् । शितलनिवासमा राष्ट्रपतिबाट टिका लगाउन उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, राज्यमन्त्री सुरक्षा निकायका प्रमुख लगायत पुगेका थिए । राष्ट्रपतिले सर्वसाधारणलाई पनि टिका लगाइदिएकी छन् ।

पूर्वराजाद्वारा सर्बसाधारणलाई दसैंको टिका

विजयादशमीको अवसरमा शुक्रबार पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा टिका ग्रहण गर्न आएका सम्पूर्णलाई टिका, जमरा लगाइदिएका छन् । टिका लगाउन पूर्वमन्त्री पूर्वसेना, प्रहरीका अधिकृत, साधुसन्तलगायत सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो । टिका लगाउने कार्यक्रममा पूर्वरानी कोमल शाहको पनि उपस्थिती रहेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter