एउटै वडाबाट रु १० लाखको बन्दा निर्यात

Cabbageबैतडी, कात्तिक ३ गते । तरकारीका लागि पकेट क्षेत्रका रुपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका–१ बाट रु १० लाख बढीको बन्दा निकासी भएको छ ।

दुई महिनाको अवधिमा वडा नं १ बाट रु १० लाख बढीको बन्दा तराइतिर निकासी भएको किसान कृष्णदत्त भट्टले जानकारी दिनुभयो । तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेकोले कृषक तरकारी खेती तर्फ आकर्षित छन् ।

पछिल्लो समयमा किसान व्यावसायिक तरकारी खेतीमा आवद्ध भएपछि उनीहरुको जिविकोपार्जनमा सहज भएको जेटीए पुस्करराज भट्टले बताउनुभयो । अन्य खेतीको तुलनामा तरकारी खेतीबाट फाइदा हुने भएकाले वडा नं १ का अधिकांश किसानले तरकारी खेती गरिरहेका छन् ।

किसान कृष्णदत्त भट्ट, चन्द्रदेव भट्ट, जयसिंह टेर, कृष्ण बोहरा, भरत टेरलगायलतले रु एक लाख बढीको बन्दा बिक्री गरेका छन् ।

अन्नबालीबाट आम्दानी हुन छाडेपछि किसानले पछिल्लो समय तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेकाले तरकारी खेतीमा आर्कषण बढेको शिखर बिउ प्रवर्धन केन्द्रका प्रोपाइटर देब दत्त भट्टले बताउनुभयो ।

अहिले उपभोग्य सामान किन्नका लागि तरकारी बेचेरै किन्न सकिन्छ भने नजिकैको बजारभन्दा पनि जिल्ला बाहिरसमेत किसानको तरकारी गइरहेको छ ।

प्रतिकिलो रु २० का दरले किसानले बन्दा बिक्री गरेको दशरथचन्द नगरपालिका–१ का कृषि जेटीए सविता चन्दले बताउनुभयो ।

बन्दा लगाउने किसानलाई वडा न १ को कार्यालय ५० प्रतिशत अनुदानमा बन्दाको बीऊ उपलब्ध गराइएको थियो । किसान तरकारी खेतीमा आत्मनिर्भर बन्दा उनीहरुलाई जिविकोपार्जन गर्न सहज भएको छ भने उपभोक्ताले पनि सजिलै तरकारी किन्न पाएकाछन् । दशरथचन्द नगरपालिका १ का अन्य धेरै किसानमेत तरकारी खेतीबाटै आत्मनिर्भर बनेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter