कोटेश्वर–कलङ्की सडक खण्डमा दोस्रो तहको कालोपत्र; मेलम्चीको काम तीव्र गतिमा

chakrapathकाठमाडौँ, कात्तिक १८ गते । निर्माण कार्य अन्तिमचरणमा पुगेको कोटेश्वर–कलङ्की सडक खण्डकमा दोस्रो तहको कालोपत्रको काम अघि बढेको छ ।

केही दिनभित्रैमा ग्वार्कोबाट कोटेश्वरतर्फको कालोपत्र अघि बढ्नेछ । दुई तहको कालोपत्र सकिएपछि सडक चिन्हको काम हुनेछ । उहाँले भन्नुभयो, “सम्झौता अनुसारका काम अन्तिमचरणमा पुगिसकेको छ ।”

कलङ्कीबाट ग्वार्कोसम्म दोस्रो तहको कालोपत्र भइरहेको योजनाले जनाएको छ । आगामी पुसको दोस्रो साताभित्रैमा सडक निर्माणको सम्पूर्ण कामसक्ने गरी निर्माण कार्य अघि बढेको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो ।

नेपाल सरकारले यस खण्डमा सातवटा आकाशे पुल र आठ लेन सडकको दुवैतर्फ एकएक ‘लेन’ को सेवा मार्ग ९सर्भिस ट्र्याक० निर्माण गरिरहेको छ ।

चिनिँया निर्माण कम्पनी साङ्घाई निर्माण सेवा समूहले यो सडकखण्ड निर्माणको ठेक्का लिएको छ । सडक निर्माणमा समन्वयको काम काठमाडौँ चक्रपथ सडक योजनाले गरिरहेको छ ।

यो सडकलाई ‘अण्डर पास’ निर्माण र दश लेनको सडकका हिसाबले नेपालमै पहिलो सडक मानिएको छ । झण्डै चार वर्ष पहिले निर्माण कार्य शुरु भएकामा विनासकारी भूकम्प र नाकाबन्दीले गर्दा एक वर्ष लम्बिएको थियो । १० दशमलव ४ किलोमिटर लम्बाइको यो सडकको कलङ्की कोटेश्वर सडकको कूल लागत तीन सय १२ मिलियन युआन छ ।

मेलम्चीको काम तीव्र गतिमा

मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन तीव्र गतिमा काम गरिरहेको छ । आयोजनाको बाँकीे काम पहिलेभन्दा तेब्बर गतिमा भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सूचना अधिकारी टोलराज उपाध्यायले बताउनुभयो ।

‘‘मेलम्ची खानेपानीको काम चाँडो सकेर आगामी ६० दिनभित्र पानी ल्याउने गरी ठेकेदार कम्पनीले दु्रत गतिमा काम गरिरहेको छ ।’’ उहाँले भन्नुभयो, ‘‘पहिले दैनिक एक सय मिटर क्षेत्रमा काम भइरहेकमा अहिले दैनिक झण्डै तीनसय मिटरसरम्म काम भइरहेको छ । चाँडो काम सक्ने लक्ष्यका साथ सामग्री र कामदार दुवै बढाइएको छ ।”

दुई दशक पहिले शुरु गरिएको योजनाको काम अन्तिमचरणमा पुगेकाले अब लामो समय नलाग्ने उहाँको भनाइ छ । आयोजनाअन्तर्गत अन्तिम काम ९फिनिसिङ० मात्रै बाँकी छ । सुरुङको केही भागमा हावा जाने ठाउँ र केहीमा द्वार९गेट० बनाउन बाँकी छ ।

पानी काठमाडौँ उपत्यकामा आएको एक दुई दिनमै परीक्षण गरेपछि नियमित रुपमा घरघरमा लगिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० प्रमुख महेश भट्टराईले बताउनुभयो ।

मेलम्चीको खानेपानी भण्डारण गर्न केयूकेएलले उपत्यकामा ९ स्थानमा ठूला ट्याङ्की राखेको छ । ट्याङ्कीको क्षमता छ घण्टासम्म आएको पानी सङ्कलन गरेर राखिनेछ । यही ट्याङ्कीबाट विभिन्न पाइप हुँदै सेवाग्राहीका घरमा पानी पुग्नेछ । उहाँले भन्नुभयो, ‘‘ट्याङ्कीबाट पहिले मुख्य पाइपबाट प्राथमिक पाइप हुँदै सहायक पाइपबाट घरघरमा पानी पुग्छ ।’’

ठूलो परिमाणमा पहिलो पटक पानी भित्रन लागेकाले त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर लिमिटेडले योजना बनाइरहेको छ । केयूकेएलका प्रमुख भट्टराईका अनुसार पानीलाई सर्वसाधारणको घरसम्म पु¥याउनका लागि एक हजार मिटर पाइप चक्रपथको वरपर बिच्छ्याइरहेको छ ।

नयाँ ट्याङ्कीबाट पानी परीक्षणका लागि केही महीना लाग्ने भएकाले पहिले पुरानो ट्याङ्कीबाट सङ्कलन गरेर पाइपबाट पानी वितरण गरिने छ । उहाँले भन्नुभयो, ‘‘नयाँ ट्याङ्की र पाइप सबै हिसाबले पानी पठाउन सही देखिएपछि नै पठाइनेछ ।’’

परियोजनाले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविसअन्तर्गत मेलम्ची नदीको मुहान निर्माण भएको छ । स्थानीय रिबर्मादेखि सुन्दरीजलसम्म करीब २६ किलोमिटर लामो सुरुङबाट दैनिक १७ करोड लिटर पानी उपत्यका भित्र्याउने लक्ष्य रहेको छ । दोस्रो चरणमा याङ्ग्री र लार्के नदीबाट दैनिक १७÷१७ करोड लिटर गरी जम्मा ५१ करोड लिटर पानी दैनिक काठमाडौँ उपत्यका भित्र्याउने दीर्घकालीन लक्ष्य आयोजनाको छ ।

सन् २००२ मा गरिएको प्रारम्भिक अनुमान अनुसार आयोजनाको जम्मा लागत ४६४ मिलियन युएस डलर छ । आयोजनामा नेपाल सरकारसँगै एशियाली विकास बैंक, विश्व बैक, जेबिक, नोराड, सिडा, ओपेकलगायतका संस्थाको पनि आर्थिक सहयोग रहेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter