सबै पाहुनाको गलामा सयपत्री फूलको माला

mala-and-fulपोखरा, कात्तिक १८ गते । कुनै पनि औपचारिक कार्यक्रममा अतिथिका लागि माला तथा खादा लगाउने प्रचलन सामान्य हो तर यहाँस्थित एक पर्यटकीय गाउँमा आयोजित कार्यक्रममा उपस्थित सबै पाहुनाको गलामा सयपत्री फूलको माला लागाएर समानताको व्यवहार देखाइएको छ ।

कास्की जिल्लाको मादी गाउँपालिकाको पर्यटकीय गाउँ ताङतिङमा शनिबार आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, गण्डकी प्रदेशको पहिलो अधिवेशन उद्घाटन कार्यक्रममा सबैलाई समानरूपमा माला लगाइएको हो ।बाटोदेखि सभाहलसम्म मौलिक पोशाकमा सझिएका पङ्तिबद्ध स्थानीय फूल उत्पादन आमा समूहले आगन्तुक पाहुनालाई निधारमा टीका र गलामा सयपत्री फूलको मालाले स्वागत गरेपछि कार्यक्रमस्थल फूलैफूलको पर्व तिहारमय जस्तै देखिएको थियो ।

विभिन्न तीन वटा फूल उत्पादन आमा समूहका ६१ जनाले बारीमा उत्पादन गरेको फूल टिपेर आगन्तुक अतिथिको स्वागत र सम्मानका लागि माला तयार पारेका र एउटा मालाको रू ५० का दरले खरिद गरिएको उक्त गाउँकार्यपालिका वडाध्यक्ष कल्पना गुरुङले बताउनुभयो ।

उहाँका अनुसार कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाका ५८ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको स्वागतका लागि स्थानीय फूल उत्पादन आमा समूहमा आवद्ध ६२ जनाले ८५० वटा सयपत्री फूलका माला तयार गरेका थिए । आमा समूहमध्ये क समूहले दुई सय ७०, ख समूहले दुई सय ५० र ग समूहले दुई सयवटा थप माला सभाहल सजाउनका लागि तयार गरेका र यसबाट उनीहरूले रु ५० हजार आम्दानी गरेको सदस्य गुरुङले राससलाई बताउनुभयो ।

व्यावसायिक फूलखेतीका लागि कुनै ब्याड बनाउन र महङ्गो बीउ किन्नु परेन, गाउँमा उमे्रको स्थानीय जातको फूलको हाँगा काटेर साउनमा बारीमा रोपेको डाँठमा मुजुरा पलाएर यतिखेर फूल फूलेको हो ।

फूल टिपेपछि हाँगा फेरि रोप्ने गरिएको उत्पादन समूह (ग) का कुलदेवी गुरुङले जानकारी दिनुभयो । सो फूल पाँच वर्षअघि मात्र गाउँ प्रवेश गरेको हो । तीन समूहले कूल १० रोपानी जमीनमा पहिलो पटक व्यावसायिक फूलखेती शुरु गरेका थिए । एउटा माला बनाउँदा लगभग ४५ वटा फूलका थुङ्गा प्रयोग गरिएको थियो । फूल उत्पादनको लागत न्यून रहेको र बजार पनि राम्रो भएका कारण उत्पादित फूल बिक्री हुँदैन कि भन्नुपर्दैन अहिले गाउँपालिकाभित्रका साथै पोखराबाटसमेत मालाको माग आएको उहाँले बताउनुभयो ।

नकुहिने भएकाले वातावरणमा समेत असर नपर्ने आयातित खादा र रसायनयुक्त माला गाउँमा प्रवेश निषेध गरिनुका साथै गाउँपालिकाभित्र हुने सम्पूर्ण कार्यक्रममा स्थानीय उत्पादन जैविक माला नै प्रयोग गर्ने निर्णय भएको उक्त गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ(श्याम)ले बताउनुभयो ।

गाउँपालिकाले व्यावसायिक फूलखेतीका लागि पहिलो पटक रु एक लाख बजेटसमेत विनियोजन गरेर ताङतिङ आमा समूहलाई प्रेरित गरेको बताउँदै उहाँले आगामी दिन फूल उत्पादनलाई सबै वडामा विस्तार गर्दै जाने योजना रहेको जानकारी दिनुभयो ।पोखरादेखि ताङतिङसम्म सिधैँ बस सञ्चालन हुने हुँदा सो क्षेत्रमा उत्पादित जैविक फूललगायत विभिन्न किसिमका तरकारी बजारसम्म पु¥याउन र स्थानीय बासिन्दालाई आवतजावतमा समेत सुविधा पुगेको छ । बजारबाट सो स्थानमा पुग्न बसमा लगभग दुई घण्टा लाग्दछ ।

अधिवेशनमा सहभागी बन्न ताङतिङ पुग्नुभएका कास्कीकै रुपमा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले स्थानीय आमा समूहले गरेको मेहतन र स्वागत अविस्मरणीय रहेको बताउनुभयोे । मञ्चमा बस्नेले खाँदा तथा माला लगाउने तर दर्शकदीर्घामा बस्ने टुलुटुलु हेर्ने हाम्रो पररम्परागत संस्कारको विरुद्ध सभाहलमा उपस्थित सबैका गलामा एउटै प्रकारको फूलको मालाले स्वागत गर्न पाउँदा समानताको अनुभूति हुनाका साथै नयाँ परिसिथतिको शुरुवात भएको अन्य सहभागीहरूले बताए ।(रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter