स्याउ भण्डारणमा समस्या

apple farmसिमकोट, कात्तिक २० गते । यसपालि फारममा स्याउ धेरै फलेपछि किसानलाई भण्डारणको चिन्ता हुन थालेको छ । स्याउ भण्डारण गर्ने नयाँ प्रविधि नभएको र परम्परागत रूपमै बोरामा प्याकिङ तथा जमिनमुनि खाल्डो खनेर राख्नुपर्ने अवस्था आउँदा स्याउ कुहिने डरले किसान चिन्तित हुन थालेका हुन् ।

फार्ममा डेढ सय बोट स्याउ लगाएर राम्रो फलेको बताउने सिमकोट गाउँपालिका २ ठेहेका अगुवा किसान गोरासिंह बोहोराले उत्पादन भएको स्याउ बिक्रीको समस्या रहेकै अवस्थामा भण्डारण गर्न पनि कठिनाइ देखिएको हुँदा अब स्याउ कुहिने डर लाग्न थालेको बताउनुुभयो । अहिलेसम्म त स्याउ बोटमै रहेको भए पनि अब रुखबाट टिपेर थन्क्याउने बेला हुनै लागेको भए पनि भण्डारणमा समस्या देखिएको उहाँले बताउनुुभयो ।

गत वर्ष बोरामा राख्दा र जमिनमा खाल्डो खनेर स्याउ दबाउँदा कुहिएको सम्झँदै बोहोराले अब कसरी स्याउ भण्डारण गर्ने भन्ने चिन्ताले सताएको बताउनुुभयो ।

हाल फार्ममै प्रतिदाना पाँच रुपियाँमा स्याउ बिक्री भइरहेको र त्यसमा पनि बजारको समस्या देखिएको उहाँले बताउनुुभयो ।

यता सिमकोट चार हिल्दुमका जङ्गबहादुर शाहीलाई पनि स्याउ भण्डारण गर्ने चिन्ताले सताएको छ । हालसम्म तीस हजारको स्याउ बिक्री गरी सक्नुभएका शाहीले १२ देखि १५ क्विन्टल स्याउको सुकुटी बनाए पनि स्याउ अझै रुखमा हुँदा भण्डारण समस्या देखिएको बताउनुुभयो । भण्डारण राम्रो गर्न सके आगामी वैशाखसम्म राख्न सकिने र त्यतिसम्म बजारको समस्या टर्ने भएको कारण अव भण्डारणकै चिन्ता लाग्न थालेको उहाँले बताउनुुभयो । अझै तीसदेखि ४० बोट स्याउ बाँकी रहेको उहाँले बताउनुुभयो ।

यस वर्ष स्याउ उत्पादन पनि बढी भएकाले भण्डारमा समस्या देखिएको सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख बलबहादुर फडेराले बताउनुुभयो । अहिले दैनिक रूपमा नेपालगञ्ज र सुर्खेतका लागि ३० देखि ४० कार्टुन स्याउ बाहिरिए पनि उत्पादनअनुसार बजारको समस्या भएका कारण किसानलाई भण्डारणको समस्या देखिएको उहाँले बताउनुुभयो । आधुनिक रस्टिक स्टोरहरू निर्माण भई नसकेको कारण स्याउ भण्डारमा किसानले बर्सेनि रूपमा समस्या झेल्दै आएको उहाँले बताउनुुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter