राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने

deusiकाठमाडौंँ, कात्तिक २० गते । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तिहारमा राति १० बजेसम्मलाई मात्र देउसीभैलो खेल्न समयावघि तोकेको छ । निर्धारित समयावधि भन्दा बढी सयममा देउसीभैलो खेलेमा कानुनी कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताउनुभयो ।

देउसीभैलो खेल्ने बाहनामा राति उच्छृड्खल तथा आपराधिक गतिविधि हुनसक्ने भएकाले सर्वसाधारणको शान्तिसुरक्षाका लागि देउसीभैलो खेल्नलाई समयावधि निर्धारण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले राति अवेरसम्म देउसीभैलो खेल्दा झैझगडा, कुटपिट, हुलदङ्गा हुनसक्ने भएकाले शान्तिसुरक्षा कायम राख्नका साथै अपराध नियन्त्रण गर्न राति १० बजेसम्मको समयअवधि उचित भएको भनाइ प्रहरीको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले पनि तिहार जस्तो महत्वपूर्ण चाडपर्वलाई आपसी घरपरिवारसँंग बसेर हर्षोल्लासमय वातावरणमा मनाउन अपिल गरेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter