च्याउ उत्पादनतर्फ महिलाको आकर्षण

Mushroonघोराही, कात्तिक २५ गते । पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आउनुभएकी धनमाया बुढाले अहिले व्यावसायीक रुपमा च्याउ खेती गर्न थाल्नु भएको छ । पर्याप्त आम्दानी गर्न सकिने भएपछि बुढा च्याउ खेतीतर्फ आकर्षित हुनु भएको हो ।

पछिल्लो समय जिल्लामा उत्पादन भएको च्याउ स्थानीय बजारमै बिक्री हुन थालेको छ । बुढाले आफ्नै लगानीमा घोराही उपमहानगरपालिका– १६ झिगौरामा ‘जलजला च्याउ प्रसोधन केन्द्र’समेत स्थापना गर्नुभएको छ । रु एक करोड सात लाखको लगानीमा स्थापना गरिएको सो केन्द्रमा च्याउको सुकुटी, अचार र धुलो बनाएर बजारमा बिक्री वितरण गर्ने गरिएको छ । “च्याउ व्यवसायबाट पर्याप्त आम्दानी गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

बजारमा च्याउको माग बढ्दै गएको छ । उत्पादन र बजारीकरण गर्न सके च्याउबाट मनग्य आम्दानी गर्न सकिन्छ । “च्याउको अचार र सुकुटी मागअनुसार पु¥याउन सकेका छैनौँ,” बुढाले भन्नुभयो । बुढाले आफ्नो व्यवसायलाई विस्तार गर्दै लैजानु भएको छ ।

घोराही– १४ का कमला देउजा एक दशकदेखि च्याउ उत्पादनमा लाग्नुभएको छ । बजार राम्रो देखेपछि उहाँ च्याउ खेतीतर्फ आकर्षित हुनु भएको हो । अहिले देउजाले आफ्नै च्याउ उत्पादन केन्द्र तथा महिला जागरण कृषि समूहमार्फत उत्पादन र बिक्री वितरण गरिरहनुभएको छ । “गत वर्ष चार सय किलो च्याउ बिक्री ग¥यौँ,” उहाँले भन्नुभयो, “च्याउको अचार र सुकुटीसमेत बेच्दै आएका छौँ ।” अचार र सुकुटी खरीद गर्न उपभोक्ता घरमै आउन थालेका छन् । उहाँले सामुहिक रुपमा रु सात लाखको लगानीमा सो व्यवसाय थाल्नु भएको हो ।

यहाँ उत्पादन भएको च्याउ दाङबाहेक रुकुम, रोल्पा, प्युठान र सल्यानमा समेत बिक्री गरिँदै आएको छ । घोराही उपमहानगरपालिका कृषि शाखाका प्रमुख भरतमणि पोखरेल जिल्लामा च्याउको उत्पादनमा वृद्धि हुँदै गएको बताउनुहुन्छ । “बीउ र मलमा व्यवसायीलाई अनुदानको व्यवस्था गरेका छौँ,” उहाँले भन्नुभयो । कार्यालयले यस वर्ष कृषकलाई च्याउको बीउ वितरण गरेको छ भने उत्पादन र प्रशोधन सम्बन्धि तालीम समेत प्रदान गरेको छ । जिल्लामा अधिकांश कृषकले दुधे च्याउ, गोब्रे र सिताकी च्याउ उत्पादन गर्र्ने गरेका छन् । जिल्लामा हाल ४० मेट्रिक टन च्याउ उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिकामा मात्रै पाँच कृषि समूहले च्याउ उत्पादन गर्दैआएका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter