मानवीय कारणले हुने क्षति न्यूनीकरणमा सतर्कता गृहमन्त्री थापा

Rambahadur-thapa-badalम्याग्दी, कात्तिक २६ गते । गृहमन्त्री रामबहादुर थापाले मानवीय लापर्बाहीका कारण हुने क्षति न्यूनीकरणमा सतर्कता अपनाउनुपर्ने बताउनुभएको छ । बेनीस्थित जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रको सोमबार उद्घाटन गर्दै गृहमन्त्री थापाले मानवसिर्जित विपद् न्यूनीकरणमा सरकारले नीतिगत पहल गर्ने उल्लेख गर्नुभयो ।

उहाँले जथाभावी सडक निर्माण, मापदण्ड पूरा नगरी भवन बनाउनेजस्ता कारणले हुने विपद्बाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापन नियमावली परिमार्जन गर्न लागिएको जानकारी दिनुभयो ।

विकास निर्माणलाई तीव्रता दिन सरकारले सुरक्षा व्यवस्थालाई सशक्त बनाउन विशेष कार्ययोजना बनाउन लागेको उल्लेख गर्दै गृहमन्त्री थापाले मदिरा र लागुऔषध न्यूनीकरणका लागि प्रहरीले स्थानीय तह र समुदायसँग समन्वय गरेर अभियान शुरु गरेको बताउनुभयो ।

कालोबजारी नियन्त्रणका लागि सरकार सशक्तरूपमा अघि बढ्ने बताउँदै गृहमन्त्री थापाले सुरक्षाको पहुँच विस्तारका लागि प्रहरी चौकी थप गर्ने बताउनुभयो ।

म्याग्दीको पर्यटन र जलविद्युत् क्षेत्रको प्रचुर सम्भावनालाई समृद्धिमा रूपान्तरणका लागि सरकार प्रतिबद्ध रहेको मन्त्री थापाको भनाइ थियो । उहाँले हिमालै हिमाल भएर पनि म्याग्दी हिमाली जिल्ला घोषणा हुन नसक्दा कर्मचारी आउनै नमान्ने र आएपछि सरुवा भइहाल्ने कारण उत्पन्न कर्मचारी अभावको समस्या समाधानका लागि नीतिगत पहल गर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जिल्ला विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रबाट पहिरो, कटान, दुर्घटनाको अवस्थामा सूचना सङ्कलन, विश्लेषण, खोज, उद्धार र राहतको कामलाई व्यवस्थित गर्न सहज हुने बताउनुभयो । सूचना प्रविधिको सुविधा उपलब्ध केन्द्रमा जनपद र सशस्त्र प्रहरी तथा प्रशासनबाट चौबीसै घण्टा एकएक जना जनशक्ति खटाइने प्रजिअ अधिकारीले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter