सहयोगी हातहरू विपन्नको शिक्षाका लागि

Childrenअविनाश चौधरी / धनगढी, कात्तिक २८ गते । कैलालीको लम्कीचुहा नगरपालिका १ स्थित एकतानगर मुक्त कमैया बस्तीमा नमुना अध्ययन गृह निर्माण गर्नका लागि देश विदेशबाट सहयोग प्राप्त भएको छ ।

सामाजिक कार्यमा सक्रिय युवाले थालेको अभियानमार्फत विपन्न परिवारका बालबालिकाका लागि नमुना अध्ययन गृह निर्माण गर्न सहयोग प्राप्त भएको हो । मुक्त कमैया बस्तीमा रहेका झण्डै ५० बालबालिकाको शैक्षिक सुधारमा सहयोग पु¥याउने उद्देश्यले १३ जना युवा यो अभियानमा जुटेका हुन् ।

दिन प्रतिदिन सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा लम्कीका केही युवाले भने यसलाई सदुपयोग गर्दै सहयोग अभियान चलाएका छन् । सामाजिक सञ्जालमार्फत थालेको अभियानबाट हालसम्म पाँच लाख ५० हजार ८२० रुपियाँ सहयोग जुटेको छ । युवाले अभियानलाई जारी राखेका छन् ।

अभियानको क्रममा नेपालको विभिन्न जिल्लामा रहेका मनकारीहरू र विदेशमा रहेका नेपालीबाट सहयोग प्राप्त भइरहेको अभियानमा सक्रिय सिर्जनशील नेपालका अध्यक्ष जनक सुनारले जानकारी दिनुभयो । अहिलेसम्म ४० जिल्ला र विदेशमा नेपाली जुन–जुन देशमा हुनुहुन्छ, त्यहाँबाट सहयोग प्राप्त भइरहेको छ, उहाँले भन्नुभयो ।

मुक्त कमैया बस्तीमा नमुना अध्ययन गृह बनाउनका लागि रुकुमको आठबीसकोट नगरपालिका १०, घारी खोलामा घर भई हाल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आउनुभएका प्रेम केसीले ३९ हजार ६७५ रुपियाँ सहयोग गर्नुभएको छ ।

मुक्त कमैया बस्तीमा नमुना अध्ययन गृह बनाउने कार्यको प्रशंसा गर्दै उहाँले विदेशमै अभियान चलाएर थप सहयोग जुटाउने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

बेलायतमा बस्दै आउनुभएकी चितवनकी तिलकुमारी गुरुङले एक लाख रुपियाँ सहयोग गर्नुभएको छ । नेपाल आएको बेला उहाँले नमुना अध्ययन गृह निर्माण हुने बस्तीमै पुगेर एक लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभएको थियो । अमेरिका बस्दै आउनुभएकी दाङकी लीला डाँगीले पनि एक लाख रुपियाँ सहयोग गर्नुभएको छ । यस्तै, अमेरिकामै रहनुभएका रुकुमका गोर्ख कुसारीले ५० लाख रुपियाँ सहयोग गर्नुभएको छ । दशैँ–तिहारको अवधिमा झन्डै तीन लाख रुपियाँ सहयोग जुटेको अभियानकर्मी सुनारले जानकारी दिनुभयो ।

बालबालिकाहरूको अध्ययनका लागि नमुना अध्ययन गृह निर्माणमा पुनर्वास नगरपालिकाले यसअघि नै ३६ हजार पाँच सय रुपियाँ सहयोग गरेको थियो । कैलालीका केही स्थानीय सरकारले सहयोगको प्रतिबद्धता जनाएको अध्यक्ष
सुनारले जनाउनुभयो ।

करिब १० लाख रुपियाँको लागतमा निर्माण हुने तीनकोठे नमुना अध्ययन गृहका लागि केही रकम उठेपछि निर्माण कार्यको शुरूवातसमेत गरिएको छ । अहिलेसम्म जग हाल्ने कार्य सम्पन्न भइसकेको अध्यक्ष सुनारले जानकारी दिनुभयो । उहाँले मङ्सिर पाँच गतेदेखि थप काम अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter