सामाजिक सुरक्षा नियमावली स्वीकृत

government logoकाठमाडौँ, कात्तिक २८ गते । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद्को यही कात्तिक २५ गतेको बैठकले श्रमिकको सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाउन गत वर्ष नै योगदानमा आधारित सामाजिक सुरक्षा ऐन जारी गरेको थियो ।सोही ऐनको दफा ६९ बमोजिम बैठकले उक्त नियमावली स्वीकृत गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज जनाएको छ ।

उक्त नियमावलीमा सरकारी कोषबाट पारिश्रमिक लिने व्यक्ति, अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारीमा रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा सूचीकरण हुने तथा तोकिएमा खास अवस्थामा रोजगारीदाता सूचीकरणबाट हटेको अवस्थामा पनि योगदानकर्तालाई भुक्तानी गर्नुपर्ने दायित्वबाट उम्कन नपाउने व्यवस्था गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Sunapati Rural Municipality provided assistance

COVID-19 prohibitory measures causes huge loss for Bhaktapur Vegetable farmers

KMC to build 100-bed special hospital

Nepal’s proposal to graduate from LDC status to be presented in UNGA for endorsement

World Bank to provide US $ 60 million to strengthen Nepal’s higher education




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter