अधिकांश जलविद्युत् कम्पनीका शेयर आधारभूत मूल्यमै

Nepal_Stock_Exchangeकाठमाडौँ, कात्तिक २९ गते । कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै शेयर मूल्य रु २०० माथि रहेको छ । केही कम्पनीको शेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् । शेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव जलविद्युत् कम्पनीका शेयरमा समेत परेको छ । राम्रो भनिएका र ठानिएका कम्पनीको शेयरसमेत आधारभूत मूल्यको हाराहारीमा रहँदा त्यसले लगानीकर्तालाई नकारात्मक प्रभाव पारेको छ ।

कुनै समय जलविद्युत् कम्पनीको शेयर लगानीकर्ताका लागि प्रमुख आकषर््ाणको थलो रहँदै आएको थियो । लामो समयदेखि ओरालो लागेको नेशनल हाइड्रोपावर कम्पनीको बजारमा प्रतिकित्ता शेयर रु ७७ मा खरीद बिक्री भएको छ । बुधबार सो कम्पनीको शेयर आधारभूत मूल्यभन्दा रु २३ कममा खरीद बिक्री भएको छ । यस्तै दिव्यश्वेरी हाइड्रोपावर कम्पनीको शेयरसमेत आधारभूत मूल्यभन्दा कममा खरीद बिक्री भएको छ । सो कम्पनीको प्रतिकित्ता शेयर रु ९७ मा खरीद बिक्री भएको स्टकको तथ्याङ्कले देखाएको छ ।

घट्दो बजारको प्रभाव खानीखोला हाइड्रोपावर कम्पनीलाई समेत परेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ९७ मा कारोवार भएको छ । आधारभूत मूल्यभन्दा तल झरेको सो कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्तालाई नकारात्मक प्रभाव परेको छ । चिलिमे जलविद्युत् कम्पनीको शेयरबाहेक अरु जलविद्युत् कम्पनीको अवस्था खराब रहेको नेप्सेको तथ्याङ्कले देखाउँछ । सरकारी स्वामित्वको चिलिमे कम्पनीको शेयर प्रतिकित्ता रु ६८८ मा कारोवार भएको छ । कुनै समय चिलिमे जलविद्युत् कम्पनीको शेयरमा पनि लगानीकर्ताको उल्लेख्य चासो रहने गर्दथ्यो । पछिल्लो दिनमा सो कम्पनीको शेयरमा समेत उच्च गिरावट आएको छ ।

स्टकका अनुसार अरुण काबेली जलविद्युत् कम्पनीको शेयर रु २१२, अरुण भ्याली हाइड्रोपावर कम्पनीको रु १२६, बरुण हाइड्रोपावर कम्पनीको शेयर रु १२१ मा खरीद बिक्री भएको छ । रु ५०१ मा थप सार्वजनिक निष्काशन गरेको बुटवल पावर कम्पनीको शेयरसमेत घटेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता रु ४६० मा खरीद बिक्री भएको छ । शेयर बजार ओरालो लाग्दा त्यसको प्रभाव छ्याङ्दी हाइड्रोपावरको शेयर रु १०८, कालिका पावर रु ११३, नेपाल हाइड्रो डेभलपर्स रु १२० मा खरीद बिक्री भएको छ । हिमालयन पावर पार्टनर रु २०५, ङादी ग्रुप पावर रु १२९, पञ्चकञ्या माई रु १२३, राधी विद्युत् कम्पनी रु १८० र रैराङ हाइड्रोपावरको शेयर प्रतिकित्ता रु १११ मा खरीद बिक्री भएको छ ।

यस्तै रिडी हाइड्रोपावरको शेयर रु १०५, सिनर्जी पावर डेभलपर्स रु १०० र युनाइटेड मोदीको प्रतिकित्ता रु १४३ मा खरीद बिक्री भएको छ । नेप्सेमा सूचीकृत सानिमा माई जलविद्युत् कम्पनीको कुनै तथ्याङ्क देखिएको छैन । धितोपत्र बोर्डमा १५ जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको तयारी गरिरहँदा दोस्रो बजारमा भने जलविद्युत् कम्पनीका शेयर निरन्तर ओरालो लागिरहेको छ । कात्तिक १६ गतेदेखि १९ गतेसम्म माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री ग¥यो भने बुधबारदेखि मध्य भोटेकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ४४ करोड बराबरको सीमित साधारण शेयर बिक्री शुरु गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter