विश्व बैंककोे ‘डुइङ विजनेश’ प्रतिवेदनप्रति सरकारको आपत्ति

world bankकाठमाडौँ, मङसिर १ गते । नेपालमा व्यापार गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेको डुइङ विजनेश प्रतिवेदनप्रति सरकारले आपत्ति जनाएको छ ।

विश्व बैंकले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनमा नेपालको व्यापार तथा लगानीको अवस्थालाई कमजोर भन्दै पाँच अङ्क तल झारिएको छ । यसअघि नेपालको अङ्कभार १०५ थियो जुन अहिले ११० मा पुगेको छ ।

सातौँ कर दिवसका अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै त्यसको पुनरावलोकन हुने अर्थमन्त्री डा युवराज खतिवडाले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “करसम्बन्धी सानो विषयलाई लिएर १०५ बाट ११० मा झारी दिएकामा हाम्रो आपत्ति छ यसको पुनरावलोकन गर्न हामीले भनिसकेका छौँ ।”

सामाजिक सुरक्षा प्रणालीअन्तर्गत कर्मचारीको कुनै पनि किसिमको कम्पनीले बेहोर्ने दायित्वको व्यवस्था गरेर कर विवरण बुझाउँदा फारममा सानो समस्या भयो भनेर पाँच बिन्दुले तल झारी दिएको अर्थमन्त्रीको भनाइ छ ।

नेपालले विश्व बैंकको मूल्याङ्कनमा समस्या देखाएको जानकारी दिँदै उहाँले भन्नुभयो, “विश्व बैंकले मिसन टोली पठाउँछु भनेको छ, पुनरावलोकन हुन्छ ।” उहाँले १०५ भन्दा तल आउनका लागि आवश्यक प्रक्रिया अपनाइने समेत बताउनुभयो । कर विवरण जुटाउनमा समस्या छन् भने सुविधा बढाउने उहाँले बताउनुभएको छ ।

विश्व बैंकले केही दिन अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल डुइङ विजनेशमा ११०औँ स्थानमा छ । अघिल्लो वर्ष १०५औँ स्थानमा राखिएको थियो । कर तिर्ने प्रक्रिया र पेइङ ट्याक्समा नेपाल तल खस्किएको देखाएको हो । उक्त सूचीमा १९० देश समेटिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter