एक वर्षे युवा प्रशिक्षण कार्यक्रम सम्पन्न

Youthsकाठमाडौँ, मङ्सिर ३ गते । एक वर्षे राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको पहिलो शैक्षिक सत्र सम्पन्न भएको छ ।

अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्यूट फर पिस एण्ड जस्टिस र काठमाडौँस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित उक्त शैक्षिक सत्र गत जनवरीमा काठमाडौँमा शुरु भएर आज जनकपुरमा सम्पन्न भएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

यस शैक्षिक सत्रको शुभारम्भ राजधानी काठमाडौँमा भएको थियो भने तीन–तीन महिनाको अवधिमा हिमाल, पहाड र तराई क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको थियो । दोस्रो कार्यक्रम हिमाली क्षेत्र ९दोलखा०मा, तेस्रो कार्यक्रम पहाडी क्षेत्र ९कास्कीको चिसापानी०मा र चौथो कार्यक्रम तथा दिक्षान्त समारोह ९ग्राजुएसन० तराई क्षेत्र प्रदेश नं। २ को जनकपुरमा सम्पन्न भएको दूतावासले जनाएको छ ।

यस कार्यक्रममा देशका सात प्रदेशबाट २१ जना युवा नेताहरु सहभागी थिए । विभिन्न राजनीतिक पार्टीका युवा नेता, स्थानीय तहका प्रमुख तथा अन्य जनप्रतिनिधि, सामाजिक अभियन्ता, अधिकारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु यसमा छनोट हुनुभएको छ । देशको पूर्वदेखि पश्चिम तथा पहाड, हिमाल र तराई तीनै क्षेत्रबाट २५ देखि ४० वर्षसम्मका सहभागी छनोट गरिएको छ ।

नेपालका युवा नेतृत्वलाई अझै प्रभावकारी बनाउन र उनीहरुमा विकसित भइरहेको नेतृत्व क्षमताको विकास, विस्तार र अभिवृद्धिका लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस प्रशिक्षणात्मक कार्यक्रमले युवा नेतृत्वको अग्रसरतामा गाउँ तथा समाज परिवर्तनका लागि भइरहेका प्रयासहरुलाई प्रभावकारीरुपमा सञ्चालन गर्न तथा समुदायमा यी कार्यक्रमको ठूलो प्रभाव सिर्जना गर्न मद्दत गर्ने बताइएको छ ।

“कार्यक्रमले पहाड–हिमाल–तराई, विविध जातजाति, भिन्न राजनीतिक मूल्यमान्यता बोकेका युवा नेतारनेतृको एक यस्तो ठोस संयन्त्रको निर्माण गर्दैछ, जसले ती समस्याको समाधान सामूहिक प्रयासबाट गर्नेछ । यस कार्यक्रमले ग्रामीण तथा स्थानीय स्तरमा काम गरिरहेका २५ देखि ४० वर्षको एक विशेष उमेर समूहका राजनीतिक तथा गैरराजनीतिक युवा नेतारनेतृहरूलाई राष्ट्रिय स्तरमा पहिचान दिलाउने कार्य गर्नेछ”दूतावासद्वारा जारी जिज्ञप्तिमा जनाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter